सवै वडाबाट मन्टेश्वरी कक्षा दिने गाउँपालिका



 

तुलसीपुर, ४ भदौ ।

शान्तिनगर गाउँपालिकाले सबै वडाबाट मन्टेश्वरी कक्षा दिन थालेको छ । दाङका अन्य स्थानीय तहले यस्तो अभ्यास गरेका छैनन् । मन्टेश्वरी कक्षा सञ्चालनका लागि प्रत्येक वडामा ५० हजार बराबरका सामग्री समेत प्रदान गरिएको छ । सबै बालविकास केन्द्रका शिक्षकहरुलाई एक महिने मन्टेश्वरी तालिम दिएर कक्षा सञ्चालन गरिएको शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले जानकारी दिए । शुरुवातको चरणमा प्रत्येक वडाका एक÷एक बिद्यालयलाई छनौट गरेर कक्षा सञ्चालन गरिएको हो । आउँदा दिनमा शान्तिनगर गाउँपालिकाका २७ वटै विद्यालयमा मन्टेश्वरी कक्षा सञ्चालन गर्ने उनको भनाई थियो ।

बालबालिकालाई किताबी रटान भन्दा ब्यबहारिक शैलीबाट पठन पाठन गराए शैक्षिक गुणस्तर बृद्धि हुने उनको भनाई थियो । उनले ठोस बस्तुबाट शिक्षण सिकाई गर्दा दिगो र प्रभाबकारी बन्ने उनको भनाई थियो । अहिले शान्तिनगर गाउँपालिकाको विरन्द्र माबि, सरस्वती माबि जुम्लेकुला, जनता प्राबि भलानेटी, प्राबि रगैचा, माबि तुलसीपुर धनौरी, शिब प्राबिले मन्टेश्वरी कक्षा सञ्चालन गरिरहेका छन् । साथै आईतबार एक कार्यक्रमकाबीच ती बिद्यालयहरुलाई मन्टेश्वरीका सामग्री हस्तान्तरण गरिएको छ । त्यस अवसरमा अध्यक्ष डाँगी, प्रमुख प्रशासकीय अधिकृत निम बहादुर केसी, शिक्षा शाखा प्रमुख घनश्याम वलीले मन्तब्य ब्यक्त गरेका थिए ।

 

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्