घोराही – १४ द्धारा भवन निर्माण आचार संहिता पालना नगर्नेको सुविधा रोक्ने



दाङ ४ भदौ । घोराही उपमहानगरपालिका वडा नं. १४ ले भवन निर्माण आचार संहिता पालना गर्न आग्रह गरेको छ । वडामा निर्माण गर्ने स्थायी वा अस्थायी भौतिक संरचना निर्माण गर्दा सर्वसाधारणको जिउ धन सुरक्षाका लागि भवन निर्माण आचार संहिता २०७२ अनुसार कार्य गर्न आग्रह गरेको छ ।

भवन निर्माण मापदण्ड अनुसार घर टहरा निर्माण गर्दा अनिवार्य ईजाजत लिन वडा बासीलाई आग्रह गरिएको वडा अध्यक्ष शक्तिराम डाग्ँगीले जानकारी दिनुभयो । वडाको निर्णयलाई अटेर गरी कोही कसैले घर टहरा बनाएको पाए वडा कार्यालयवाट प्रदान गरिने सबै सेवा रोक्का गर्ने समेत निर्णय गरेको वडा अछ ।

यस्तै वडा कार्यालयले २०७५ को साउन मसान्त सम्म निर्माण गरेका घर तथा टहराको वडा कार्यालयमा लगत संङकन गर्ने निर्माण समेत गरेको छ । गत साउन ३१ गते वसेको वडा बैठकले यस्तो निर्णय गरेको हो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्