राष्ट्र निर्माता पृथ्वि नारायण शाहका आर्थीक सल्लाहकार बिसे नगर्चीको शालिक दाङमा स्थापना गरिने



बिष्णुकुमार देवकोटा
दाङ भदौ ५
राष्ट्र निर्माता पृथ्वि नारायण शाहका आर्थीक सल्लाहकार बिसे नगर्चीको शालिक दाङमा स्थापना गरिने परियार समाजका जिल्ला अध्यक्ष केशव नेपालीले जानकारी दिनुभएको छ ।
सोमबार प्रदेश नं ५ को अस्थाइ मुकाम बुटवलमा परियार समाजका केन्द्रिय अध्यक्ष मेजर बलबहादुर सुन्दासको उपस्थितिमा भएको छलफलले दाङ साखा उत्कृष्ट भएको भन्दै प्रदेश नं ५ को सम्भावित स्थाइ मुकाम दाङ मा नगर्चीको शालिक स्थापना गर्नलागेको अध्यक्ष सुन्दास ले प्रतिकृया दिनुभयो ।

 


बिसे राजा पृथ्वी नारायण शाह कालीन गोरखाका नगर्ची थिए । एकिकरण अभियान शुरू गर्न खर्च नभएर विलखवन्दमा परेका राजा पृथ्वी नारायण शाहलाई यिनले थोरै थोरै खर्चले पनि कसरी ठूलो काम गर्न सकिन्छ भन्ने कुरा उदाहरण सहित सिकाएका थिए । यस घटना बाट प्रभावित राजा पृथ्वी नारायण शाहले बिसेलाई सधै उच्च मुल्याङकन गरि रहे।

एक विलक्षण प्रतिभा , इतिहास पुरुष , अमर ब्यक्तित्व , बिसे नगर्ची गोरखा राज्य विस्तार गर्न सहयोग गर्ने सल्लाहकार , योजनाविद , आर्थिक जोहो गराउन सल्लाह दिने कुसल व्यक्तित्व थिए ्र बुढामहाराजको काशी यात्रा गर्दा अर्थको जोहो गराउने प्रमुख सल्लाहकार पनि यिनै थिए ्र तेतिखेरको नेपाल एकीकरणको अभियानले बिसे नगर्ची , धार्ने कामी, कालू सार्की तथा मणिराम गाइने आदिको महत्त्वपूर्ण योगदान समेटेको छ ्र बिसे नगर्चीको जन्म बि.स. १७७५ तीर गोर्खामै भएको थियो ्र यी गोरखा दरबारका त्यस्ता नगर्ची थिए जसको उपस्थिति दरवारको भारदारी सभा तथा कर्मचारी नियुक्ति गर्दा समेत सल्लाह सुझावकोलागि हुने गर्थ्यो ।
नुवाकोट हमलाको योजना
दोश्रो नुवाकोट हमला , महेश्वर पन्तको सेनापतित्वमा गरिंदा हारखाई भएको बिशाल धन जनको क्षति प्रति चिन्तित २० बर्षे ठिटो महाराजलाई सान्त्वना दिएर जूक्ति सिकाउंदै नुवाकोट माथिको तेश्रो हमला तथा एकिकरण अभियान संचालन गर्न र हातहतियारको सुद्रिढिकरण गर्न सुझाउने बिसे नै थिए ्र खर्च बर्चको जोहोकालागि सोचमा डुबेका राजालाई बिसेले गोर्खा राज्य भित्र रहेका लगभग १२००० घर धुरीबाट १ ,१ रुपिया सहयोग जुटाई काशीबाट हतियार र बारुद ल्याउन सल्लाह दिएका थिए ्र कालु पाण्डेलाइ गोर्खादरबारको काजी बनाउन सल्लाह दिनेदेखि राजगुरु श्री हर्ष मिश्रलाई काशी लिएर गई हात हतियार ,बारुद खर खजाना ल्याउन सर सल्लाह दिनेमा इनको ठूलो भूमिका थियो ्र इनि तेस्रो पटकको नुवाकोट हमलामा सिपाही भै युद्धमा सामिल भएका थिए भने नुवाकोट विजय भई सकेपछि यी बुढा महाराज संगै अन्तरिम राजधानी नुवाकोट मै रहने गर्दथे ्र

बिसे नगर्चीको विषयमा ऐतिहासिक तथ्य प्रमाणहरू थोरथोरै मात्र भेटिञ्छन ्र बाबुराम आचार्य लिखित ‘ श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको जीवनी’ (२०२५) मा ‘एकीकरण अभियान सुरु गर्दा पृथ्वीनारायण शाहले उपल्लो थरघरदेखि बिसे दमाईसम्मको चित्त बुझाउनु परेको थियो’ भनी उल्लेख गरेकाछन ्र राजगुरु हेमराज पाण्डेको संग्रहको हस्तलिखित पुस्तकमा बिसे नगर्चीको प्रसंग ३ ठाउँमा परेको छ ्र यसबाट उनी पृथ्वीनारायण शाहको समयका महत्त्वपूर्ण व्यक्ति हुन् भन्ने स्पष्ट हुन्छ ्र पृथ्वीनारायण शाहले सम्बत् १८०१ असोज १५ गते नुवाकोट गोरखाको अधीनमा ल्याउने फौजमा गोर्खालीहरूले मोर्चा बाँधी नुवाकोट आक्रमण गरेका थिए ्र तीमध्ये धर्मपानीको बाटोबाट चौतारिया महोद्दामकीर्ति शाहको नेतृत्वको फौज, अशोकबारीको बाटो बलभद्र शाह र कालु पाँडेको नेतृत्वको फौज र गेर्खुको बाटो जहाँगिर शाहको नेतृत्वको फौज अगाडि बढेको थियो । तीनघारेको बाटो स्वयम् पृथ्वीनारायण शाह अगाडि बढेका थिए ्र यही बाटोको मोर्चाबाट युद्ध लड्न अगाडि बढेको फौजमा बानादार दमाई र मणिराम गाइनेका साथ बिसे नगर्ची पनि सरिक थिए (प्राचीन नेपाल, संख्या २१स् २८) ्र युद्ध गोरखाली पक्षले जितेपछि ब्राह्मणहरुले वेद पाठ सहित तथा जयघोष गरे , नगरा बनाउने काम बिसे नगर्ची र बानादार दमाईले र विजय गीत गाउनेकाम मणिराम गाइनेले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्