मनदिल भ्यु टावरको उद्घाटन – राजनीतिक लडाई संसद र चुनावमा गर्नुपर्छ मुख्य मन्त्री पोखरेल



जनक नेपाली

दाङ ६ भदौ । घोराही उप–महानगरपालिका वडा नं. १८ मा रहेको मनदिल भ्यु टावरको बुधवार घोराहीमा उद्घाटन गरिएको छ । घोराही स्थित स्थित नमः छु बौद्ध गुम्वा परिसरमा निर्माण भएको मनदिल पुन भ्यु टावरको उद्घाटन ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पाखरेलले गर्नु भएको थियो । घोराही उपमहानगरपालिका–१८ निवासी पूर्वभारतीय सेनाका क्याप्टेन ८७ वर्षिय मनबहादुर पुन र श्रीमति ७८ वर्षिया दिलमाया पुनको नामबाट उहाँका छोराहरु गुमनबहादुर पुन, नरेन्द्र पुन र बशन्त पुनले आमा र बुवाको सम्मानमा उक्त भ्यु टावर निर्माण गर्नु भएको हो ।

 

करिव ४० लाखमा लगानी उक्त तीनभाईले संयुक्त रुपमा निर्माण गर्नु भएको हो । भ्यु टावरको मुख्य मन्त्री पोखरेलले दाङको पर्यटन बिकासका लागि भ्यु टावरले महत्व पूर्ण भुमिका खेल्ने वताउँनुभयो । गुम्बामा निर्माण गरिएको भ्यु टावरले गतव्यकाका रुपमा थपिएको समेत बताउँनुभयो ।


कार्यक्रमका प्रमुख अतिथी सेमत रहनु भएका मुख्य मन्त्री पोखरेले अधिकारको राजनीतिमा समाजलाई रुमल्न हुद्यैन उहाँले भन्नुभयो । दाङको पर्यटक विकासका लागि प्रदेश सरकारले तयरी गरेको बताउँदै दाङको धारपानी, बाह्रकुने, दंगशरणलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न लागेको वताउँनुभयो । त्यस अबसरमा बोल्दै प्रदेश नं. ५ का पर्यटन मन्त्री लिला गिरीले पर्यटन क्षेत्रको विकासका लागि दाङ उपयुक्त क्षेत्र रहेको वताउँनुभयो । जिल्लाको दंगीशरणमा थारु सांस्कृतिक संग्रालय निर्माण गर्न खोजेको वताउँदै त्यसका लागि प्रदेश सरकार निरन्तर लागेको वताउँनुभयो ।

१७ कट्ठा जग्गामा फैलिएको नमः छु बौद्ध गुम्वाको परिसरमा ५२ फिट उचाइको टावर निर्माण गरिएको निर्माणकर्ता नरेन्द्र पुनले जानकारी दिनुभयो । भ्यु टावरमा चढ्नका लागि आम नागरिकलाई ५० र विद्यार्थीलाई प्रतिव्यक्ति ३० रुपैया शुल्क निर्धारण गरेको र त्यसबाट आउने रकम खर्च कटाएर शिक्षा, स्वास्थ्य र खेलकुदको क्षेत्रमा लगाउने पुनले वताउँनुभयो । कार्यक्रम नमः छु बौद्ध गुम्वाका अध्यक्ष सतबहादुर रोकाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्