कञ्चनपुर, ७ भदौ कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१ बन्साहस्थित कल्भर्ट नालाको पानीमा डुबेर आज एक जनाको मृत्यु भएको छ ।मृत्युहुनेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१ बन्साहका १४ वर्षीय दिनेश महरा रहेको छ । कल्भर्ट नजिकै खेल्ने क्रममा पानीमा खस्दा उनको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिनुभयो । पानीमा खसेपछि स्थानीय बासिन्दाले उद्धार गेरर अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै उनको मृत्य भएको प्रहरी निरीक्षक अवस्थीले बताउनुभयो ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।