खोलापार गर्दागर्दै बाढीले गाडी बगाएपछि यात्रु हाम फालरे बचे



दुर्गा वि.सी.
जाजरकोट ७ भदौ । छिन्चु जाजरकोट सडक खण्डको सल्यानको बन्गाड खोलामा गाडि खोला पार गर्दै गर्दा बाढीले आए पछि यात्रुले गाडि भित्रैबाट हाम फालेर वच्न सफल भएका छन् । जाजरकोटबाट नेपालगञ्जका लागि छुटेको हाईस किया गाडि बन्गाड खोला क्रस गर्दै गर्दा वाढि आएको थियो । सवै यात्रु छिटो छिटो हाम फालेर भागेका थिए । यात्रुको झोला सरसमान भने खोलाले वगाएको छ । गाडि ढुङ्गामा अट्किए पछि खोलाले वगाउन सकेन ।

 

तत्तकालै डोजरको साहयताले खोलामा फसेको गाडि निकालिएको थियो । उक्तm खोलामा निर्माणधिन पक्कीपुल यस अघि नै खोलाले वगाई सकेको छ । लामा कन्ट्रक्सन निर्माण कम्पनीले समयमा पुलको काम नगर्दा छिन्चु जाजरकोट सडक खण्डमा उक्त खोलाले दैनिक दिन आवत जावतमा असर गरेरेको स्थानीय गाडि व्यवसाय नन्द पुनको दुखेको छ ।

सो सडक खण्डमा दैनिक २ हजारको संख्यामा आवत जावत गर्ने सल्यान,सुर्खेत,जाजरकोट,डोल्पा र रुकुमका नागरिकलाई प्रत्यक्ष असर गरेको अर्का स्थानीय मान सिं धामीको भनाई छ । खोला पार गर्दा गर्दा सयौ गाडिहरुको इन्जीनमा पानी पसेर इन्जीन सिज हुने गरेको छ । खोला वढे पछि यातायातका साधान गन्तव्यमा नपुग्दा सयौ यात्रुहरु दैनिक दिन वाटोमै अलपत्र पर्ने गरेका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्