दाङबाट काठमाडौं जाँदै गरेको बस दासढुंगामा दुंर्घटना – २८ जना घाईते



चितवन, ९ भदौ । चितवनको दासढुंगामा बस र ट्रक जुध्दा २८ जना घाइते भएका छन् । शनिबार बिहान साढे ६ बजेतिर दाङबाट काठमाडौं जाँदै गरेको ना ७ ख ७३३५ नम्बरको बस र मुग्लिनबाट नारायणगढ आउँदै गरेको ना ५ ख ४७०४ नम्बरको ट्रक ठोक्किएका थिए ।

घाइतेमध्ये २४ जनाको पुरानो मेडिकल कलेजमा र चार जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्रक चालकलाई जुगेडी प्रहरीले नियन्त्रणमा लिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्