सैघाली खबर,
श्रावण २
मुलकमा सञ्चालित जलविद्युत आयोजनाका विषयमा संसदीय समितिले सरकारसँग जानकारी लिंदैछ । व्यवस्थापिका संसदको कृषि तथा जलस्रोत समितिले आज जलविद्युत आयोजनाको प्रगतिका विषयमा जानकारी लिन सरकार र लगानी वोर्डका पदाधिकारीलाई बोलाएको छ । बिहान ११ बजे बोलाइएको बैठकमा लगानी बोर्डले समन्वय गरेका जलविद्युत आयोजनाको प्रगती कस्तो भइरहेको छ भन्ने सम्बन्धमा छलफल हुनेछ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।