डिभाईन टेम्पलद्धारा कक्षा ११ का बिद्यार्थीलाई स्वागत



तुलसीपुर, भदौ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ गोलौरामा रहेको डिभाईन टेम्पल ऐकेडेमीले कक्षा ११ का बिद्यार्थीलाई स्वागत गरेको छ । शनिबार एक कार्यक्रम गरि एकेडेमीले बिद्यार्थीहरुलाई स्वागत गरेको हो । बिद्यालयले यस बर्ष देखि कक्षा ११ सञ्चालनमा ल्याएको थियो । पहिलो बर्ष तीन दर्जन बढि बिद्यार्थी कक्षा ११ मा भर्ना भएका छन् ।

बिद्यालयका प्रिन्सीपल भोजराज न्यौपानेको अध्यक्षता तथा राप्ती ववई क्याम्पसका साहयक प्रमुख सुर्य शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि शर्माले डिभाईन टेम्पलले ब्यबहारिक रुपमा पठन पाठन गराउँदै आएको भन्दै बिद्यार्थीहरुलाई रोजगारका लागि सहज हुने बताए । किताबी ज्ञान मात्रै नभई ब्यबहारिक ज्ञान आबश्यक पर्ने भएकाले डिभाईनले ब्यबहारिक ज्ञान दिने गरेको उनको भनाई थियो ।

त्यस अवसरमा बिशिष्ट अतिथि एनप्यावसन दाङका कोषाध्यक्ष हरि प्रशाद भण्डारी,शारदा बिद्यामन्दिरका प्रिन्सीपल भुवन वली, शिक्षक राजकुमार बिष्ट, चिन्तामनी पोख्रेल, भागवत घिमेरे, उदयराम भण्डारी,नेत्रमनी न्यौपाने, विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बिन्दु न्यौपानेलगायले बिद्यार्थीहरुको प्रगतिको कामना गरेका थिए ।

त्यस अवसरमा कक्षा ११ का छात्र तुलसीराम भण्डारीले बिद्यालयमा ईमान्दार भएर गुणस्तरीय शिक्षा लिने बताएका थिए । त्यस अवसरमा बिभिन्न प्रतिभा पनि प्रस्तुत गरिएको थियो ।

शिक्षक तेज बहादुर केसीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण बिद्यार्थी सन्देश खड्का, करुणा खड्काले गरेका थिए । २०६४ मा स्थापन भएको बिद्यालयले यस बर्ष देखि कक्षा ११ सञ्चालनमा ल्याएको हो । पहिलो बर्ष ब्यबस्थापन र मानबिकी शंकाय सञ्चालनमा ल्याएको प्रिन्सीपल न्यौपानेले बताए ।

 

 

 

 

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्