पल्सर बाइक साउनदेखि नेपालमै उत्पादन सुरु



सैघाली खबर

काठमाण्डौ २ साउन । यही   साउन महिनादेखि नेपालबाटै मोटरसाइलक उत्पादन हुने भएको छ । नेपालको लागि बाजजका बाइकको आधिकारिक बिक्रेता गोल्छा अर्गनाइजेशनले नेपालबाटै बजाजका मोटरसाइकल उत्पादन गर्ने भएको हो ।

‘साउन महिनाभित्र बजाजको १०० सीसीको प्लाटिनियम बाइक उत्पादन गर्छौं,’ गोल्छा समूहका कार्यकारी निर्देशक शेखर गोल्छाले भने, ‘केही महिनाभित्रै १ सय २५ सीसीका बजाज डिस्कोभर र १ वर्षभित्र १ सय ५० सीसीका पल्सर उत्पादन गर्छौं ।’

१ वर्षभित्र २५ हजारभन्दा बढी मोटरसाइकल उत्पादन गर्ने योजना रहेको गोल्छाले सुनाए । विदेशबाट मोटरसाइकलका पार्टपुर्जा आयात गरेर नेपालमै एसेम्बल गरि मोटरसाइकल उत्पादन गरिनेछ १ बजाजका मोटरसाइकल नेपालमा सबैभन्दा बढी विक्री हुने भएकोले यहीँ प्लान्ट राख्‍न प्रस्ताव गरेको थियो ।

०७३ बैशाखदेखि नै उत्पादन गर्ने लक्ष्यसहित गोल्छा अर्गनाइजेशनले नवलपरासीको रामग्राममा एसेम्बल प्लान्ट स्थापना गरिसकेको छ ।
मूल्य घट्छ ।

नेपालमै एसेम्बल भए पनि बजार मूल्य भने नघट्ने गोल्छाले जानकारी दिए । ‘
आयात गर्दा भन्दा एसेम्बल गर्दा १र२ प्रतिशतमात्रै सस्तो पर्छ तर हामीले आयात गरिएकै मूल्यमा एसेम्बल गरिएका बाइकहरु बिक्री गर्ने जानकारी दिए ।
‘हामीले ठूलो लगानी गरेकाले उत्पादन लागत केही सस्तो हुँदा पनि सस्तोमा बिक्री गर्न सक्ने अवस्था छैन,’ गोल्छाले भने । मूल्य नघटे पनि प्लान्टमा २ सय जनाले रोजगारी पाउनु र सरकारलाई ठूलो रकम राजस्व उठ्नु देशका लागि फाइदा भएको गोल्छाको भनाई छ ।

१ अर्ब लगानी प्लान्ट बनाउँदा अहिलेसम्म ६० करोड रुपैयाँ खर्च भइसकेको र अब ३०र४० करोड रुपैयाँ खर्च हुने उनले बताए ।नेपालमा स्कुटरबाहेक बजाजका मोटरसाइकल ८० देखि ९० हजार थान बिक्री हुने गरेको गोल्छाले जानकारी दिए । ‘

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्