नागरिकलाई सुरक्षा दिनु सरकारको दायित्व – वली



दिपक बोहरा,
तुलसीपुर, ११ भदौ ।

प्रदेश सभा सदस्य उत्तरकुमार वलीले नागरिकले राज्यबाट सुरक्षित भएको महसुस गर्नुपर्ने बताए । त्यसमा राज्यले पनि नागरिकलाई सुक्षाको प्रत्याभूति दिलाउनु पर्ने बताए । ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल तुलसीपुरले आईतबार आयोजना गरेको रक्षाबन्धन कार्यक्रममा उनले यस्तो बताए ।

नागरिकले कुनै पनि स्थानमा बस्दा , ब्यबसाय गर्दा तथा हिड्डुल गर्दा आफु सुरक्षित भएको महसुस गर्न पाउनु पर्ने उनको भनाई थियो । त्यसो हुन नसके शासन ब्यबस्था प्रभाबकारी नहुँने उनको भनाई थियो ।

मुलुकमा ब्याप्त बिकृति, बिसंगती,अशान्तिलाई नियन्त्रण गर्न सकेमात्र नागरिकले सुरक्षित महसुस गर्ने उनको भनाई थियो । पछिल्लो समय बलात्कारका घटना बढ्दै गएको भन्दै महिलाहरु पुरुषदेखि आतंकित हुने अबस्था शिर्जन भएको उनले बताए । यस्तो अबस्थामा राज्यले उचित कदम चाल्नु पर्ने बताए । पुरुष पनि हिंस्रक बनेका कयौ घटनाहरु रहेको भन्दै दिदी बहिनीको रक्षा दाजु भाईले सृुरक्षा दिए झै लैगिक बिभेद नगरि एकले अर्कालाई रक्षाबन्धनमा बाध्न सक्नुपर्ने तर्क गरे ।

विश्वबिद्यालयका सञ्चाल अनिताको अध्यक्षतामा भएको रक्षा बन्धन कार्यक्रममा उच्च अदालत तुलसीपुरका कायम मुकाम मुख्यन्यायधिस महेश शर्मा पौड्ेलले मानिस सर्वगुण सम्पन्न नहुने बताएका छन । कार्यक्रममा उच्च अदालत तुलसीपुरका न्यायधीश रामबहादुर थापा, नेपाली सेनाको १९ नम्वर बाहिनी तुलसीपुरका बाहिनीपति सहायक रथी बिज्ञानदेव पाण्डे,नेपाल संस्कृत बिश्वबिद्यालय बेल्झुण्डी अन्र्तगत आयुर्बेद अध्ययन संस्थानका डाक्टर सुनिल कुमारले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । त्यस अवसरमा कार्यक्रममा सहभागिहरुलाई बिश्वबिद्यालयकी सञ्चालिका अनीताले राखी बाधिदिएकी थिईन् । कार्यक्रमको सहजीकरण शिवलालले गरेका थिए भने यशोदाले स्वागत गरेकी थिईन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्