“दाँत,गींजा र मुखको सामान्य ख्याल गर्दा स्वस्थ्य राख्न सकिन्छ”—दन्तरोग विशेसज्ञ मनिस खनाल



बिष्णुकुमार देवकोटा
दाङ भदौ ११
राप्ति उपक्षेत्रिय अस्पाताल घोराहीमा कार्यरत दनतरोग बिषेसज्ञ डा. मनीस खनालले मानवको सौन्दर्य संग समेत जोडिएको दाँत,गींजा र मुखको सामान्य ख्याल गर्दा स्वस्थ्य राख्न सकिने बताउनुभएको छ ।
आज (सोमबार) सैघाली खबर डटकम तथा सैघाली अनलाइन टिभीको टक शो कार्यक्रममा बोल्दै खनालले यस्तो बताउनुभएको हो । “ दाँत,गिंजा तथा मुखको मुख्य समस्या भनेको हामी नेपालीहरुको ब्रस गर्ने सैली तथा मुख सफा राख्ने तर्फ ध्यान नदिनुहो । ” खनालले भन्नुभयो । खाना खाइसके पछि मुख कुल्ला नगर्नु, बिहान बेलुका खाना खाइसकेपछि ब्रस नगर्नु, नै दांत ,गिंजा तथा मुखको समस्या को पहिलो कारकतत्व हो । “हामिले खाना खाएको खाना दाँतमा अड्किंदा सो खाना ब्याक्टेरीया का कारण सड्न थाल्छ अनि दाँतमा किरा लान्ने गर्दछ” ।

दाँतको समस्या भविस्यमा गम्भिर समस्याकोरुपमा आउनसक्ने भन्दै डा. खनालले अबिलम्ब आधुनिक उपचार पद्धतितर्फ लाग्नु पर्ने सुझाव दिनुभयो ।
धेरै नेपालीहरुमा दाँतको समस्या समाधान गर्ने तर्फ उदासिनता देखिने प्रबृति गलत रहेको डा. केसीले दावी गनुृभयो ।
आजको खानपिन, जंकफूडका कारण बालक देखी बृद्ध सम्म कुनैनकुनै दन्त रोग बाट पिडित भएको बताउनुभयो ।
दन्त रोग ले पिडा का साथसाथै मानविय सौन्दर्यमा समेत गम्भिर असर पर्ने भन्दै बर्षमा २ पटक बिषेसज्ञ सेवा लिनुपर्ने बताउनुभयो ।
दाँत घिसिने, गिँजा सुन्निने, किराले खाएको दाँत , बाङ्गा टिङ्गा दाँतहरु मिलाउने दाँत ओखल्ने, आरसिटी गर्ने जस्ता सेवाहरु बिगत ८ बर्षदेखी बिषेसज्ञ सेवा प्रवाह गर्दे आउनुभएका सगरमाथा डेन्टल क्लिनिकका संचालक तथा डेन्टल सहायक इश्वरी पौडेलले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्