अन्तिम समयको आत्माघाती गोलले जोगियो चेल्सी



इंग्सलिस प्रिमियर लिगमा चेल्सीको संभावित  बराबरीको संकट टरेको छ। यडलिनले ८७ औं मिनेटमा गरेको आत्माघाती गोलसँगै चेल्सीले न्युक्यासल विरुद्धको खेल २–१ ले जितेको छ। पहिलो हाफ तथा दोस्रो हाफको अधिकाश‌ं समय गोलरहित बराबरीमा सकिएको खेलमा  ७६ औं मिनेटमा इडेन हजार्डको पेनल्टी गोलमार्फत चेल्सीले अग्रता बनायो। जारि प्रिमियर लिगमा चेल्सीको यो लगातार तेस्रो जित हो।  न्युक्यासलको घरेलु मैदानमा भएको खेलमा चेल्सीले अधिकासं समय खेल आफ्नो पक्षमा पारेपनि गोल गर्न भने अन्तिम समय नै कुर्नु परेको थियो। हजार्डको गोलबाट अग्रता लिएपनि जोसेलुले ८३ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। तर न्युक्यासलले उक्त बराबरीको अवसरलाई धेरै समय टिकाउन सकेन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्