सैघाँमा हराउँदै आरन पेशा



रोम थापा मगर
सैघा ११ भदौ । घोराही उपमहानगर पालिका वडा नं १९ सैघामा आरन पेशा लोभ हुदै गएको छ । आरन पेशाबाट आम्दानी हुन छाडेपछि यो पेसालोप हुदै गएको स्थानीयहरुबताउँछन् पहिलेको तुलनामा अहिले आरन पेशामा लाग्नेको संख्याकमी आएको स्थानीय भक्ति विश्वकर्माले बताउँनुभयो ।गाउँका अधिकास युवा शक्ति विदेश पलाएन हुने गरेका कारण पनि समस्या देखिएको विकको भनाई छ ।

पुर्खा देखि चल्दै आएको परम्परागत पेसामा आफुले भने छोड्न नसकेको वताउँनुभयो ।यो पेसामा संलग्नलाई हेपाहा प्रबृतिले हेर्न भएका कारण विस्तारै यो पेशा सबैले छोड्दै गएको उनको भनाई छ । गइरहेको उनले भने मेरो छोराहरु दुई भाई छन तर कुनै भाइले पनि यो पेशामा इच्छा राख्दैनन् मेरो बुवा , हजुर बुवा देखि नै आभारित भएर म सानै देखि नै यो पेशा गर्दै आए म सन्तुष्ट छु आज सम्म यो पेशा गरेर नै घरपरिवार पालिरहेको उनको भनाइ छ । हाल अहिले खुकुरी , हसिया , कुटो कोदालो , जस्ता सामान बनाउदै आइरहेको र आफुमा सिप भएर पनि बाहिर देखाउन नसकेको पहिले को तुलनामा अहिले आफुले बनाएको सामानहरु विक्रि नभएको पनि उनले गनासो पोखेका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्