यस्ता छन् बिमस्टेकका एजेन्डा



काठमाण्डौ १२ भदौ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो सम्मेलन तयारीका क्रममा मंगलबार परराष्ट्र सचिवस्तरीय बैठक बस्दै छ । सोमबार साँझ सदस्य मुलुकका परराष्ट्र सचिव काठमाडौं आइपुगेका छन् । बुधबार परराष्ट्रमन्त्रीस्तरीय बैठकमा छलफल हुनेछ भने बिहीबार सम्मेलनको औपचारिक उद्घाटन हुनेछ ।

परराष्ट्र सचिव शंकरदास बैरागीले मंगलबारको बैठकको अध्यक्षता गर्नेछन् । परराष्ट्रका सहायक प्रवक्ता रामबाबु ढकालका अनुसार बैठकका लागि भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्डका परराष्ट्र सचिव काठमाडौं आएका छन् । उनीहरूलाई सोमबार साँझ सचिव वैरागीले रात्रिभोज दिएका छन् ।

 

laD:6]s P;cf]Pd a}7s
ax’If]qLo k|fljlws tyf cfly{s ;xof]usf nflu a+ufnsf] vf8Lsf] k|of; -laD:6]s_ ;b:o d’n’ssf afXo dfldnf÷ljb]z÷k//fi6« dGqfnosf jl/i7 clwsf/Lx? -P;cf]Pd_sf] !*cf}F a}7s sf7df8f}Fdf laxLaf/ z’? x’Fb} . tl:a/ M k|bLk/fh jGt, /f;;

यस्ता छन् बिमस्टेकका १४ एजेन्डा
नयाँदिल्लीमा मे १० र ११मा सम्पन्न भन्सार सञ्चालनसम्बन्धी कार्यदलको प्रतिवेदन ।

ढाकामा २०१७ नोभेम्बर १३ र १४मा सम्पन्न यातायात तथा सञ्चारसम्बन्धी बिमस्टेकको दोस्रो बैठकको प्रतिवेदन ।
नयाँदिल्लीमा २०१७ नोभेम्बर २७ र २८मा सम्पन्न बिमस्टेक कोस्टल सिपिङ एग्रिमेन्टसम्बन्धी प्रतिवेदन ।
नयाँदिल्लीमा २०१८ अप्रिल ९ र १० मा सम्पन्न बिमस्टेक मोटर भेइकल एग्रिमेन्टको प्रतिवेदन ।
श्रीलंकाको कोलम्बोमा २०१७ नोभेम्बर २१ र २२ मा सम्पन्न बिमस्टेक टेक्नोलोजी ट्रान्सफर फेसिलिटीसम्बन्धी विज्ञसमूहले तयार गरेको प्रतिवेदन ।
बंगलादेशको ढाकामा २०१८ मार्च २८ बिमस्टेकका सुरक्षा प्रमुखहरूको दोस्रो बैठकले तयार गरेको प्रतिवेदन ।
बंगलादेशको ढाकामा २०१८ अगस्ट १३ र १४मा सम्पन्न बिमस्टेकको संयुक्त कार्यदलले तयार गरेको प्रतिआतंकवाद र अन्तरदेशीय अपराधसम्बन्धी प्रतिवेदन ।
थाइल्यान्डको चियाङ रायमा २०१७ नोभेम्बर १२ देखि १६ सम्म बसेको विज्ञसमूहको छैठौँ बैठकले तयार गरेको कृषिमा सहकार्यसम्बन्धी प्रतिवेदन ।
गरिबी निवारणसम्बन्धी २०१७ नोभेम्बर १ मा काठमाडौंमा सम्पन्न वरिष्ठ अधिकारीहरूको बैठकले तयार गरेको प्रतिवेदन ।
२०१८ डिसेम्बर १९ र २० मा श्रीलंकाको कोलम्बोमा गरिबी निवारणसम्बन्धी बैठकले तयार गरेको प्रतिवेदन ।
२०१७ अक्टोबर २४ र २५ मा नयाँदिल्लीमा परम्परागत औषधिसम्बन्धी बिमस्टेक कार्यदलको पहिलो बैठकले तयार गरेको प्रतिवेदन ।
बंगलादेशको ढाकामा २०१८ अप्रिल ५ मा बिमस्टेक संयुक्त कार्यदलको विशेष बैठकले तयार गरेको स्थायी सचिवालय स्थापनासम्बन्धी प्रतिवेदन, त्यससम्बन्धी श्रीलंकाको कोलम्बोमा २०१८ जुलाई १० को बैठकको प्रतिवेदन, सचिवालयको अनुमानित बजेट तथा गाडी खरिदसम्बन्धी मस्यौदा ।
बिमस्टेक चौथो शिखर सम्मेलनको घोषणापत्र मस्यौदा, समझदारीपत्रमा हस्ताक्षरसम्बन्धी विषयको तयारी ।
श्रीलंकालाई अध्यक्षता हस्तान्तरण तथा अर्को सम्मेलनको मिति र स्थान ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्