बस दुर्घटना, १० जनाको मृत्यु



भारतको गुजरातमा भएको सवारीसाधन दुर्घटनामा परी कम्तीमा दश जनाको मृत्यु भएको छ।  यात्रुसहितको कार र ट्रक एक आपसमा ठोक्किएर भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरी अधिकारीहरुले जनाएका छन्।

राष्ट्रिय राजमार्ग अन्तर्गत पर्ने सुरत जिल्लाको बालेश्वर गाउँमा दुर्घटना भएको समाचारमा जनाइएको छ।

‘विपरीत दिशाबाट आइरहेका कार र ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको थियो’, एक प्रहरी अधिकारीले भने। मृत्यु भएकामध्ये छ जनाको घटनास्थलमै र अरुको उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको जनाइएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्