बाँकेमा हेभी लाइसेन्समा करोडौंको चलखेल ठुलो रकम लिँदै प्रमाणपत्र बिक्री गर्दै, अख्तियारले अनुसन्धान गर्ने



(सागर थापा / महेन्द्र सिंह) नेपालगन्ज । यातायात व्यवस्था कार्यालय भेरी अञ्चल नेपालगन्जले हेभी ईक्विपमेन्टको चालक अनुमति पत्रको फर्म भर्न निश्चित ड्राईभिङ सेन्टरबाट प्रशिक्षण लिएको सिफारिस तथा प्रमाणपत्र पेश गर्नुपर्ने नियम लगाएपछि करोडौं बराबरको रकमको चेलखेल हुन सक्ने आशंका हेवी ईक्विपमेन्टको चालक अनुमति पत्र लिन चाहने सेवाग्राहीहरुले आरोप लगाएका छन् । सेवाग्राहीले सवारी अनुमति पत्र बनाउन तथा सिफारिस प्रमाणपत्र बनाएवापत हाकाहाकी ६५ हजारदेखि १ लाखसम्म माग्ने गरेको बताएका छन् । यातायात व्यवस्था कार्यालय भेरी अञ्चल नेपालगन्जले हेभी ईक्विपमेन्टको चालक अनुमति पत्रको फर्म भर्न निश्चित ड्राईभिङ सेन्टरबाट प्रशिक्षण लिएको सिफारिस तथा प्रमाणपत्र पेश गर्नुपर्ने नियम अनुसार यहाँस्थित कुनै पनि ड्राईभिङ सेन्टरसँग हेवी ईक्विपमेन्ट तथा प्रशिक्षण दिने तालिम प्राप्त शिक्षक नरहेको बताइएको छ । ड्राईभिङ सेन्टरसँग हेवी ईक्विपमेन्ट तथा प्रशिक्षण दिने तालिम प्राप्त शिक्षक नरहेको भएपनि अहिले पैसा लिँदै धमाधम सिफारिस पत्रको साथमा सवारी चलाउन जानेको प्रमाण पत्र दिने कार्य भइरहेको सेवाग्राहीले बताएका छन् । ड्राईभिङ सेन्टरसँग हेभी ईक्विपमेन्टको ट्रेडिङको लागि प्रयाप्त जग्गा, हेभी ईक्विपमेन्ट तथा शिक्षक नभएको अवस्थामा पैसाको बलमा कर्मचारीहरुसँग सेटिङ गर्दै सिफारिस तथा प्रमाणपत्र बिक्री गर्ने गरेको बताइएको छ । बुधबार पैसा दिएर बनाएको सिफारिस र प्रमाणपत्र सहित केहीले हेभी ईक्विपमेन्टको सवारी साधन प्रमाणपत्र लिन फाराम समेत बुझाएको सेवाग्राहीले बताएका छन् । हेभी ईक्विपमेन्टको सवारी साधनको चालक अनुमति पत्र लिनको लागि करिब १२ सय जति सेवाग्राही फाराम भर्न भेरी यातायात कार्यालयमा आएको तथा ड्राईभिङ सेन्टरको माग अनुसारको पैसाको कारण अन्यौलमा परेका छन् । उता यातायात व्यवस्था विभागले सरकारी कार्यालय दर्ता भई कुनै पनि नीजि कम्पनीले हेभी ईक्विपमेन्ट चलाउने चालकलाई सिफारिस गरेको खण्डमा फाराम बुझाउने व्यवस्था मिलाउने कार्य भइरहेको बताएको छ भने फाराम भर्ने अन्तिम म्याद भने शुक्रबारसम्म रहेको भेरी यातायात कार्यालयले बताएको छ । हेभी ईक्विपमेन्टको सवारी चालक अनुमतिको लागि करोडौं रकमको चलखेल हुन थालेको सुईको थाहा पाएपछि अब अख्तियारले यस बारेमा सुक्ष्म अनुसन्धान गर्ने बताएको छ । अख्तियारले नीजि ड्राईभिङ सेन्टरले दिएको सिफारिस तथा प्रमाणपत्रको हकमा मापदण्ड अनुसार प्रक्रिया पुरा गरेको छ वा छैन भन्ने खालको अनुसन्धान गरिने बत हेभी इक्युमेन्ट लाइसेन्समा करोडौंको चलखेल ठुलो रकम लिँदै प्रमाणपत्र बिक्री गर्दै, अख्तियारले अनुसन्धान गर्ने नेपालगन्ज । यातायात व्यवस्था कार्यालय भेरी अञ्चल नेपालगन्जले हेभी ईक्विपमेन्टको चालक अनुमति पत्रको फर्म भर्न निश्चित ड्राईभिङ सेन्टरबाट प्रशिक्षण लिएको सिफारिस तथा प्रमाणपत्र पेश गर्नुपर्ने नियम लगाएपछि करोडौं बराबरको रकमको चेलखेल हुन सक्ने आशंका हेवी ईक्विपमेन्टको चालक अनुमति पत्र लिन चाहने सेवाग्राहीहरुले आरोप लगाएका छन् । सेवाग्राहीले सवारी अनुमति पत्र बनाउन तथा सिफारिस प्रमाणपत्र बनाएवापत हाकाहाकी ६५ हजारदेखि १ लाखसम्म माग्ने गरेको बताएका छन् । यातायात व्यवस्था कार्यालय भेरी अञ्चल नेपालगन्जले हेभी ईक्विपमेन्टको चालक अनुमति पत्रको फर्म भर्न निश्चित ड्राईभिङ सेन्टरबाट प्रशिक्षण लिएको सिफारिस तथा प्रमाणपत्र पेश गर्नुपर्ने नियम अनुसार यहाँस्थित कुनै पनि ड्राईभिङ सेन्टरसँग हेवी ईक्विपमेन्ट तथा प्रशिक्षण दिने तालिम प्राप्त शिक्षक नरहेको बताइएको छ । ड्राईभिङ सेन्टरसँग हेवी ईक्विपमेन्ट तथा प्रशिक्षण दिने तालिम प्राप्त शिक्षक नरहेको भएपनि अहिले पैसा लिँदै धमाधम सिफारिस पत्रको साथमा सवारी चलाउन जानेको प्रमाण पत्र दिने कार्य भइरहेको सेवाग्राहीले बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्