एसीसी एशिया कप छनौट खेलमा नेपाल पराजित



काठमाडौंः एसीसी एशिया कप छनौट खेलमा नेपाल ओमनसँग पराजित भएको छ। नेपालका विरुद्ध २ सय २२ रनको लक्ष्य पछ्याएको ओमनले ४८ ओभर खेलेर लक्ष्य भेट्यायो। नेपालका लागि पारस खड्का, सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीले १–१ विकेट लिएका थिए।

नेपालले राम्रै ब्याटिङ गरेको भए पनि बलिङमा राम्रो गर्न सकेन। ओमन ७ विकेटले विजयी भएको हो। १२ बल बाँकी छदै ओमनले लक्ष्य भेट्यायो।

खेलको सुरुवातमा नेपालले ब्याटिङ पनि बिगारेको थियो। तर अन्तिमतिर ब्याटिङ राम्रो भएको थियो। एक–एक रनका लागि संघर्ष गरिरहेको ओमनलाई खेलको अन्तिम ओभरमा दुई छक्का र एक चौका दिएर बसन्त रेग्मीले जितको बाटो प्रशस्त गरिदिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्