घोराहीमा कर शिविर सुरु



 

दाङ, १३ भदौ ।दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा घोराहीमा कर शिविर सुरु भएको छ । आन्तरीक राजश्व कार्यालय, घोराही उप महानगरपालिका, दाङ जिल्ला उद्योग वाणिज्य संघले प्रदान गने सेवा दिने दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषालले जानकारी दिनुभयो ।

 

उनका अनुसार शिविरमा आन्तरिक राजस्व कार्यालय तुलसीपुर, घोराही उप महानगरपालिका तथा दाङ उद्योग वाणिज्य संघले प्रदान गर्ने सेवा दिने छ । व्यवसायिहरु लाई सहजताको लागि आन्तरिक राजस्व कार्यालय, घोराही उप महानगरपालिका संग समन्वय गरी शिविर आयोजना गरीएको अध्यक्ष भुसालले जानकारी दिनुभयो ।

व्यवसायीहरुको हक हितका लागि स्थापना भएको संघले व्यवसायीहरु लाई सहजताको लागि काम गर्ने अध्यक्ष भुसालले बताए । सिवीरमा व्यवसायीहरुले कुनै पनि अतिरित्त शुल्क तिर्न नपर्नेे उद्योग वाणिज्य संघका कोषाध्यक्ष शुसिल पोख्रेलले जानकारी दिए । शिविर व्यवस्थापन उद्योग वाणिज्य संघले गरेको पोख्रेलले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्