भारतीय प्रधानमन्त्री मोदी काठमाडौंमा



 काठमाडौं १४ भदौ, । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन् । आजदेखि राजधानीमा शुरू हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन मोदी एयर इन्डियाकाे विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

 

विमानस्थलमा मोदीलाई रक्षा मन्त्री ईश्वर पोखरेलल, परराष्ट्र मन्त्रालयका अधिकारीलगायतले स्वागत गरेका थिए । मोदीलाई नेपाली सेनाको एक टोलीले सम्मान गारत अर्पण गरेको थियो । मोदी विमानस्थलबाट सोझै सम्मेलन स्थल हाेटल साेल्टी जानेछन् ।यसअघि मोदीले आजै पशुपतिनाथमा पूजाअर्चना गर्ने बताइए पनि यो भोलिका लागि सारिएको छ ।सम्मेलनमा सहभागिताका लागि सदस्य राष्ट्रका प्रमुख तथा प्रधानमन्त्री आउने क्रम जारी छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्