माबि स्तरीय बादबिबाद प्रतियोगिता हुने



 

तुलसीपुर, १४ भदौ ।

दाङमा माबि स्तरीय बादबिबाद प्रतियोगिता हुने भएको छ । नेश्नल प्याबसन दाङको आयेजनामा प्रतियोगिता हुन लागेको हो । विद्यार्थीको प्रतिभा प्रस्फुटन एबं ‘को’ करिकुलम कार्यक्रम अन्तरगत उक्त प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।

 

यही भदौ २२ गते कार्यक्रम हुने उपाध्यक्ष भोजराज न्यौपानले बताए । तुलसीपुर ४ रक्षाचौरमा रहेको शारदा बिद्यामन्दिरमा कार्यक्रमको आयोजना गरिएको उपाध्यक्ष न्यौपानेले बताए । नेश्नल प्याब्सनमा आबद्ध बिद्यालयकाबीच‘सहरीया जीवन भन्दा गाउँले जीवन बेश’ शिर्षकमा बादबिबाद हुने छ । बिजेता बिद्यालयहरुलाई पुरस्कारको पनि ब्यबस्था गरिएको छ ।

 

अन्तराष्ट्रिय साक्षरता दिवस र अन्तराष्ट्रिय बाल दिवसको अवसमार उक्त कार्यक्रमको आयोजना गरिएको हो । बिगतका बर्षहरुदेखि नेश्नल प्याबसनले यस्ता कार्यक्रम गर्दै आएको छ । साथै कार्यक्रमको लागि सम्पूर्ण बिद्यालयलाई पत्र पठाईसकेको उपाध्यक्ष न्यौपानले बताए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्