एसिया कप छनोटमा नेपालको दोस्रो हार



काठमाडौं : एसिया कप छनोटमा नेपालले दोस्रो हार व्यहोरेको छ। शुक्रबारको खेलमा नेपालले युइइसँग ७९ रनले हार व्यहोरेको हो। नेपाललको लागि ओपनिङ व्याट्स म्यान सुबास खकुरेलले ५० रन, दिप्रेन्द्रसिंह ऐरेले ४० रन र सोमपाल कामीलेले नट आउट २७ रनको योगदान दिए पनि अन्य व्याट्सम्यान भने चल्न सकेनन्।

बलिङ तर्फ नेपालको लागि सन्दीप लामिछानेले सिंगल ४ विकेट लिएका थिए भने बसन्त रेग्मी र सोमपाल कामीले २/२ विकेट लिएका थिए। युएईको लागि अहमद राजाले ४ र  मोहुमद नविदले महत्वपूर्ण ३ विकेट लिए भने व्याटिङमा चिराग सुरी ९१ रन, रमिज सहजाद ४९ र अदनान मुफ्ती ४६ बुटुल्दा नेपाललाई २५५ रनको चुनौती दिएका थिए।  एसिया कपमा यसअघि नेपालले ओमनसँग सात विकेटले हारेको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्