बेलायतका व्यवसायीलाई नेपालमा लगानी गर्न प्रचण्डको आग्रह



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेलायतका लगानीकर्तालाई नेपालमा लगानी लागि आग्रह गरेका छन्।

बेलायती सरकारको दक्षिण एशिया विभाग निर्देशक ग्यारेथ बेलीसँग आफ्नो निवास खुमलटारमा भएको भेटमा प्रचण्डले राजनीतिक परिर्वतनपछि नेपालमा आर्थिक समृद्धिको लहर आएको र राजनीतिक स्थायित्व कायम भएको बताउँदै नेपालमा जलविद्युत्को प्रचुर सम्भावना भएको स्पष्ट गरे ।

विश्वका धेरै लगानीकर्ता यहाँ लगानी गर्न इच्छुक रहेको बताउँदै उनले भने, “हामी लगानीकर्ताको सुरक्षा र लगानीलाई सुरक्षा दिने योजना बनाइरहेका छौँ।”

भेटका अवसरमा प्रमुख बेलीले ‘विश्वभरिमा सबैभन्दा प्रिय देश नेपाल भएको बताउँदै यहाँ लगानी गर्न बेलायती लगानीकर्ता इच्छुक रहेको जानकारी दिए। उनले नेपाल सरकारलाई आफूहरुको पूर्ण समर्थन रहेको बताउँदै देशको विकास यो सरकारले नै गर्नेमा आफूहरू ढुक्क रहेको स्पष्ट गरेका थिए।

प्रमुख बेलीले अध्यक्ष दाहाललाई नेपालका अत्यन्त लोकप्रिय नेताको संज्ञा दिँदै शान्ति प्रक्रियादेखि वर्तमान स्थिर सरकारसम्म विकसित राजनीतिक घटनाक्रमबारे जिज्ञासा राखेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्