समृद्धि रास्ट्र निर्माणमा बिद्यालयको अहम भुमिका



बालकृष्ण पाण्डेय,
बबई १५ भदौ ।

समृद्धि रास्ट्र निर्माणमा बिद्यालयको अहम भुमिका हुने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । बबई गाउपालिकामा रहेको जनाता मा बि हंसपुरमा विद्यार्थी समायोजन कार्यक्रम बोलने बताहरुले यस्तो बताएका हुन ।

उच्च मा बि हसपुर का बिध्यालय ब्यबस्थापन समिती का अध्यक्ष पुर्ण बहादुर ओलि को अध्यक्षता तथा बबई गाउपालिकाका उपाध्यक्ष साबित्रा बिस्वकर्मा को प्रमुख आतिथ्यता एब बबई गाउपालिका शिक्षा शाखा प्रमुख मोहन लाल दाहाल एवम नेकपाका नेता भिम बहादुर ओलि को बिशिस्ट आतिथ्यता मा कार्यक्रम समपन्न भएको हो ।

प्रा बि सुन्दरखालमा स्थाइ रुपमा कक्षा ४र५ लाई बिबिध कारण ब्यबस्थापन गर्न नसकेपछी प्रा बि सुन्दरखाल का ४र ५ कक्षा का विद्यार्थीहरुलार्ई मा बि हसपुर मा समायोजन गरिएको हो ।

बबई गाउपालिकाले शिक्षा क्षेत्रमा शिक्षा सुधार को कार्यक्रम लाई व्यापक रुपमा अगाडि बढाउनुको साथै अहिले प्रथम त्रैमासिक परिक्षाको नतिजा प्रकाशन र बिश्लेश्न को कार्यक्रम चलिरहदा बिध्यार्थी समायोजन को कार्यक्रम पनि भएको हो बबई गाउपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलले बबई गाउपालिका भित्र को शिक्षा सुधार कार्यक्रम अन्तर्गत बिद्यार्थी समायोजन पनि एउटा महत्वपूर्ण कार्य भएको बताउनु भएको छ ।

साथै पौडेलले को सिकाइ को क्रियाकलाप अंतरगत अतिरिक्त क्रियाकलाप पनि हुने भएकोले शुक्रबार अतिरिक्त क्रियाकलाप समय भएकोले शुक्रबार कि त अतिरिक्त क्रियाकलाप हुनुपर्ने कि भने ४ बजे सम्म तालिका अनुसार बिध्यार्थी लाई पढाउनु पर्ने बताउनु भएको छ ।

बबई गाउपालिका भित्र प्राबिधिक शिक्षालयको आवश्यकता लाई मध्यनजर गरि आवश्यक छ्लफल अगाडि बढाउने बताउनु भएको छ ।
बबई गाउपालिका का उपाध्यक्ष एब कार्यक्रमका प्रमुख अतिथी साबित्रा बिश्वकर्मा ले बिद्यालय सुधार योजना अन्तर्गत बिध्यालय र शिक्षा क्षेत्र को सुधार का निम्ति शिक्षक अभिभावक तथा बिध्यार्थी सबै ले साथ दिनुपर्ने बताउनु भएको थियो ।

कार्यक्रम का बिशिस्ट अतिथी बबई गाउपालिका शिक्षा शाखा प्रमुख मोहन लाल दाहाल ले माबी हसपुर बबई गाउपालिका भित्रकै नेतृत्व गर्ने बिध्यालय भएको ले यो बिध्यालय ले गर्ने हरेक क्रियाकलाप ले अरु बिध्यालय लाई प्रभाव पर्ने भएकोले आफै मा यो बिध्यालय अनुसाशन को दायारामा रहनु पर्ने बताउनु भएको थियो । कार्यक्रम मा नेकपा का नेता भिमबहादुर ओलि ले एउटा समृद्धि रास्ट्र निर्माण मा बिद्यालय को अहम भुमिका हुने भएकोले बिध्यालय राजनीति गर्ने थलो नभइ कलिला भाइबहिनी लाई यो देश को कर्णधार बनाउने थलो भएकोले सहि शिक्षा दिनुपर्ने बताउनु भएको थियो ।

कार्यक्रममा बबई गाउपालिका वडा न ३ का अध्यक्ष नन्दलाल ओलि बबई गाउपालिका सिक्षा शाखा प्रतिनिधि जित बहादुर केसि माबी हंसपुर का प्रधानध्यापक गङ्गाराम ओलि प्रा बि सुन्दर खाल बिध्यालय ब्यबस्थापन समिती का अध्यक्ष गुमान जिसि मा बि हसपुर जुनियर रेडक्रस सर्कल का अध्यक्ष उषा केसि बालक्ल्ब हंसपुर का अध्यक्ष पुष्पकमल राना लगायतकाले मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रम मा समायोजन हुन आउने बिध्यार्थी नब आगन्तुक सिक्षक तथा समायोजन कार्य मा सहयोग पुर्याउने सबै लाई अबिर आबरण गरि स्वागत गरिएको थियो बिध्यालय का शिक्षक गणेश बहादुर के सि को स्वागत मन्तव्य बाट सुरु भयको कार्यक्रम को सहजीकरण शिक्षक डिल्ली सुनार ले गर्नु भएको थियो ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्