बिमस्टेक सम्मेलनमा के–के भयो सहमति १८ बुँदे घोषणापत्रसहित



काठमाडौं । हामी बिमस्टेकका सदस्य राष्ट्रका प्रतिनिधि २०१८ अगस्ट ३०–३१ मा काठमाडौंमा भेट्यौं ।

 

 

यस भेटमा हामीले 

–१९९७ बैंकक घोषणापत्रमा उल्लेखित सिद्धान्त र उद्देश्यहरुप्रति बलियो प्रतिबद्धता पुनःजाहेर गर्दै ।

–तेस्रो बिमस्टेक सम्मेलन घोषणापत्र तथा गोवामा भएको बिमस्टेक नेताहरुको ‘रिट्रिट आउटकम डकुमेन्ट’को पुनःस्मरण गर्दै ।

–भौगोलिक निरन्तरता, प्रचुर प्राकृतिक तथा मानवीय स्रोतको उपलब्धता, सम्वृद्ध ऐतिहासिक सम्बन्ध तथा साँस्कृतिक धरोहरको उपस्थितिले गहिरो सहकार्यको प्रवद्र्धन गर्नको लागि ठूलो सम्भावना प्रस्तुत गरेको सहमत हुँदै ।

–दिगो विकासको लागि एजेण्डा २०३० को कार्यन्वयन तथा विकास लक्ष्य हासिल गर्नको लागि गरिबी निवारण सबैभन्दा ठूलो चुनौती हो भन्ने पहिचान गरि ।

–बिमस्टेक सदस्य राष्ट्रको अर्थतन्त्र तथा समाजभित्र अन्तरसम्पर्क तथा अन्तरनिर्भरताको वृद्धिले क्षेत्रीय सहकार्यलाई वृद्धि गर्छ भन्ने स्विकार्दै ।

–बहुक्षेत्रिय सम्बन्धको महत्वमा जोड दिँदै ।

–व्यापार र लगानीले यो क्षेत्रमा व्यापारिक तथा सामाजिक विकासको लागि मुख्य योगदान पु¥याउँछ भन्ने कुरा मनन गर्दै ।

–अति कम विकसित राष्ट्र तथा भू–परिवेष्ठित राष्ट्रको विशेष आवश्यकता स्वीकार्दै ।

–आतंकवाद र अन्तर्राष्ट्रिय संगठित अपराधले ठूलो खतरा पु¥याइरहेको पहिचान गर्दै ।

–शान्तिपूर्ण, सम्बृद्ध तथा दिगो बङ्गाल खाडी क्षेत्र प्रवद्र्धनको लागि एक गतिशिल, प्रभावशाली र परिणाममुखी क्षेत्रीय संगठन निर्माण गर्ने बलियो प्रतिबद्धता पुनः दोहो¥याउँदै ।

–स्वच्छ, न्यायपूर्ण, समान र पारदर्शी अन्तर्राष्ट्रिय व्यवस्थाको आवश्यकतालाई जोड दिँदै ।

–बिमस्टेक अन्तर्गत क्षेत्रीय सहकार्यको प्रक्रिया प्रभावकारी अघि बढाउन बलियो संरचनागत प्रबन्धको महत्वमा जोड दिँदै ।

–पछि निर्वाचित भएर आउने सरकारले समर्थन गर्ने गरि भुटानको अन्तरिम सरकारको प्रमुख सल्लाहकारको सम्मेलनको निर्णयमा सहभागिता तथा सहमति ख्याल गर्दै ।

देहाएका कुरा घोषणा गर्दछौं :–

१.१९९७ बैंकक घोषणापत्रमा लिपिबद्ध सिद्धान्तहरु स्मरण गर्छौं र बिमस्टेकभित्रको सहकार्य सार्वभौम समानता, क्षेत्रगत अखण्डता, राजनैतिक स्वतन्त्रता, आन्तरिक मामलामा अहस्तक्षेप, शान्तिपूर्ण सह–अस्तित्व तथा आपसी फाइदामा आधारित हुने कुरा पुनःजोड दिन्छौं ।

२.१९९७ बैंकक घोषणामा सम्मिलित विमस्टेकको लक्ष्य तथा उद्देश्यहरु प्राप्तिको लागि हाम्रो प्रयासहरु घनिभूत गराउन सहमत हुन्छौं । साथमा बङ्गालको खाडीको शान्तिपूर्ण, सम्वृद्ध तथा दिगोपनको लागि बिमस्टेकलाई बलियो, बढी प्रभावकारी र परिणाममुखी संगठन बनाउन सामूहिक रुपमा काम गर्ने बाचा दोहा¥याउछौं ।

३.बिमस्टेक दक्षिण एशिया र दक्षिणपूर्वी एशियाबीचको पुल रहेको विशिष्ट अवस्थितिलाई बढावा दिने र त्यसलाई कार्यान्वयन गर्ने प्रण गर्छौं ।

४.बिमस्टेक राष्ट्रहरुसमेत विश्वको जुनसुकै कुनामा भएको आतकंवादी हमलाको भत्र्सना गर्छौं । आतकंवाद विरोधी लडाईमा आतकंवादी,संगठन तथा सञ्जाललाई मात्र होइन तिनलाई प्रोत्साहित गर्ने, समर्थन गर्ने, लगानी गर्ने र तिनलाई शरण दिने राष्ट्र वा गैरराष्ट्रिय तत्वको पनि पहिचान गर्ने उत्तरदायी बनाउने कुरा दृढतापूर्वक व्यक्त गछौंं । आतंकवादसँग लड्न कडा प्रतिबद्धता पुनः दोहो¥याउन चाहन्छौं ।

५.संयुक्त राष्ट्र संघको चार्टरको सिद्दान्त तथा उद्देश्यमा निःशन्देह आफ्नो विश्वास व्यक्त गर्दै बहुपक्षिय प्रणालीलाई बलियो बनाउन प्रयास गर्नेछौं ।

६.बिमस्टेकको सचिवालयलाई संगठनको प्रारम्भीक चार्टर तयार गर्न कार्यभार दिने निर्णय गरेका छौं ।

७.बिमस्टेक स्थायी कार्यसम्पादन कमिटि स्थापना गर्ने निर्णय गर्छौं । यसले सचिवालयको प्रशासनिक तथा वित्तिय मामिला सम्हाल्नेछ ।

८.बिमस्टेक विकास कोष स्थापना गर्ने सम्भावना अन्वेषण गर्न हाम्रा सम्बन्धित सरकारको उपयुक्त मन्त्रालय वा राष्ट्रिय एजेन्सीहरु परिचालन गर्नेछौं । यसलाई बिमस्टेकभित्र अनुसन्धान तथा योजना, सदस्य राष्ट्रहरुले सहमत जनाएको परियोजना, कार्यक्रम तथा अन्य गतिविधिहरुमा लगानी गर्न उपभोग गरिनेछ ।

९.बिमस्टेक सचिवायलको संरचनागत क्षमता वृद्धि गर्न सहमति जनाउँछौ ।

१०.अन्तर्राष्ट्रिय मञ्चमा बिमस्टेकको उपस्थितिको प्रचार–प्रसारको महत्व स्विकार्छौं ।

११.सहकार्यको मूल क्षेत्रहरुको प्रगति तीब्र बनाउनुपर्ने आवश्यकतामा जोड दिन्छौं । साथै वर्तमान बिमस्टेकको सहकार्य क्षेत्रहरुको पुनः मुल्याकंन, पुनः संरचना तथा औचित्य स्थापित गर्नको लागि जोड दिन्छौं ।

१२.आन्तरिक अनुमोदन प्रक्रियामा अड्किरहेका कानुनी कागजात तथा अन्य साधनहरुलाई प्राथमिकता अनुरुप निश्कर्षमा पु¥याउने तथा प्रमाणिकरण गर्नेछौं ।

१३.सम्बन्धित क्षेत्रहरुमा भएको प्रगतिका लागि तिनलाई नेतृत्व गर्ने राष्ट्रहरुको भूमिकालाई सरहाना गर्दछौं र थप प्रगति गर्नको लागि उनीहरुलाई आफ्नो प्रयास बढाउन प्रोत्साहित गर्दछौं ।

१४.पूर्व–महासचिव सुमिथ नकान्डालाले आफ्नो कार्यकालमा बिमस्टेकको कामकारबाहीहरु अघि बढाउन पु¥याएको बहुमुल्य योगदानको लागि आभार व्यक्त गर्दछौं । साथै बङ्लादेशबाट बिमस्टेकको लागि नयाँ महासचिव नियुक्त भएका एम.शहिदुल इस्लामलाई स्वागत गर्दछौं ।

१५.सन् २०१४ मार्चदेखि बिमस्टेकको नेतृत्व गरिरहेको नेपालप्रति मनैदेखि आभार व्यक्त गर्दै श्रीलङ्कालाई बिमस्टेकको नयाँ अध्यक्षको रुपमा स्वागत गर्दछौं ।

१६.क्षेत्रीय सहकार्यको प्रक्रियालाई घनिभूत बनाउन बिमस्टेक सम्मेलन र अन्य बैठकहरु समयमै आयोजना गर्ने प्रतिबद्धता पुन दोहा¥याउँछौ ।

१७. क्षेत्रगत मुल्याकंनमा हाम्रो अडानको निर्देशिका, प्रतिबद्धता तथा बयानहरु बनाउन सहमत हुन्छौं । यो कुरा यस घोषणापत्रको पूरकमा राखेका छौं ।

१८.न्यायो आतिथ्यताको तथा सम्मेलनको उत्कृष्ट प्रबन्धको लागि नेपाल सरकारप्रति इमान्दारीपूर्ण आभार व्यक्त गर्छौं ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्