खोलाले बगाएर मृत्यु बालककी बालिको परिवारलाई एक लाख राहात



दुल्लु, १५ भदौ  ।   विद्यालयबाट घर फर्कने क्रममा खोलाले बगाएर मृत्यु भएका बालकको परिवारलाई जिल्ला प्रशासन कार्यालय दैलेखले रु एक लाख राहत उपलब्ध गराएको छ ।


दैलेखको गुराँस गाउँपालिका वडा नं ८ का आठ वर्षीय बालक सुनील ओलीको मङ्गलबार खोलाले बगाउँदा मृत्यु भएको थियो ।
गुराँस गाउँपालिका– ८ निवासी रेशमबहादुर ओलीका छोरा सुनीललाई खोलाले बगाउँदा मृत्यु भएको थियो । मृतक बालकका परिवारलाई प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटा, गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीसहितको टोलीले घरमै पुगेर राहत रकम उपलब्ध गराएको हो । मृतक बालकका परिवारलाई जिल्ला विपद् व्यवस्थापन कोषबाट रु एक लाख राहत रकम उपलब्ध गराइएको प्रजिअ बास्कोटाले बताउनुभयो ।

गत मङ्गलबार विद्यालयबाट घर फर्कने क्रममा बालकलाई खोलाले बगाएको थाहा पाएलगत्तै स्थानीयको सहयोगमा उद्धार गरी अस्पताल ल्याउँदा मृत्यु भइसकेको थियो । सुनील स्थानीय ग्रीनल्याण्ड विद्यालयमा कक्षा २ मा अध्ययनरत थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्