कृषिलाई आधुनिकीकरण जरुरी –  सभामुख घर्ती



दाङ १६ भदौ । प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले कृषिलाई आधुनिकिकरण र व्यवसायीकरण नगरेसम्म आर्थिक समृद्धि हाँसिल हुन नसक्ने बताउनुभएको छ । देउखुरीका विभिन्न कृषि र्फमहरुको शनिवार अनुगमन पश्चात बोल्दै सभामुख घर्तीले परम्पारगत कृषि प्रणाली र उत्पादित बस्तुलाई बजारीकरण गर्न नसक्दा किसानहरुको जीवनस्तर उठन नसकेको बताउनुभयो ।


सो अवसरमा बोल्दै उहाँले नेपाल कृषि प्रधान देश भएको र कृषिमा उचित लगानी र प्रविधि भित्रिन नसक्दा भने जस्तो उत्पादन हुन नसकेको पनि धारणा राख्नुभयो । ‘उहाँले कृषि मैत्री वातावरण, लगानी मैत्री वातावरण र कृषिमा उचित सुविधा उपलब्ध गराएर कृषिकहरुलाई प्रोत्साहन गर्नुपर्छ उहाँले भन्नुभयो, ‘राज्यले कृषि विमा, सहुलियत क्रण, मल, विऊ र प्रविधिमा सहयोग गर्नु जरुरी छ ।

अहिले देशमा नयाँ कानून बन्ने प्रक्रियामा रहेको र राज्यले कृषिमार्फत समृद्धिको सपना देखेकाले कृषि मैत्री कानून आवश्यक रहेको पनि उहाँको धारणा थियो । उहाँले पाँच नम्बर प्रदेशमा कानून निर्माण गर्दा कृषक मैत्री कानून निर्माणमा जोड दिने पनि उहाँको धारणा थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्