माछा मार्न गएका दुई भारतीय नागरिक बेपत्ता



सिन्धुपाल्चोक – बाह्रबीसे नगरपालिका अन्तर्गत सुनकोशी नदीमा माछा मार्न गएका दुई भारतीय नागरिक आइतबार नदीले बगाएर बेपत्ता भएका छन् ।

बेपत्ता हुनेहरुमा विहार प्रान्तअन्तर्गत सीतामढी पर्शुराम– ९ निवासी ३० वर्षीय रुपलाल सहनी र २५ वर्षीय मनोहर सहनी रहेका छन् । उनीहरुको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय बाह्रबीसेले जानकारी दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्