एसिया कप छनोट खेलबाट बाहिरियो नेपाल, हङकङले पायो फाइनलको टिकट



काठमाडौंः हङकङसँग हार ब्होरेपछि नेपाल एसियाकप छनौट खेलबाट बाहिरिएको छ। मलेसियामा जारी एसीसी क्वालीफायरमा आफ्नो अन्तिम खेलसँगै नेपाल निरास नतिजा बोकेर घर फर्किएको हो। आफ्नो अन्तिम खेल जित्दा र अरु समुहको नतिजा पनि आफू अनुकुल भएमा फाइनल प्रवेश गर्ने नेपालको झिनो आशा थियो। तर, नेपालले अन्तिम खेलमा हारेसँगै नेपालको सबै सम्भावना सकिएको हो।  हङकङले नेपाललाई तीन विकेटले पराजित गरेको छ। नेपालले दिएको ९५ रनको सामान्य लक्ष्य हङकङले ७ विकेट गुमाउँदै साढे ३२ ओभर खेल्दा भेट्यायो। नेपालले उत्कृष्ट बलिङ गरेको भए पनि ब्याटिङमा कमजोर प्रस्तुत हुनु हारको कारण बन्यो। छनौट खेलमा सहभागी मलेसिया र सिंगापुर योभन्दा अघि नै घर फर्किएका थिए। अब एसिया कपको फाइनलमा ओमान, युएइ र हङकङमध्ये दुई टीम पुग्ने छन्। फाइनलमा को पुग्ने भन्ने कुराको निर्धारण ओमान र युएइका बीचमा जारी खेलले गर्ने छ।नेपाललाई हराएसँगै हङकङ ७ स्थानका साथ ओमानसँगै उभिएको छ। तर ओमानको भन्दा हङकङको रनरेट राम्रो छ। ओमान र युएइबीच भइरहेको खेलको नतिजा आउन बाँकी छ। ओमानले जितेमा ओमान सिधै फाइनलमा पुग्ने छ। तर ओमानले खेल नजितेमा युएइ ८ अंकका साथ फाइनलमा जाने छ भने रन रेटका आधारमा हङकङ फाइनलमा जानेछ।  ओमानले जित्दा युएइको ६ अंक मात्रै हुँदा हङकङ सिधै फाइनलमा जान्छ। यसरी हेर्दा ओमान र युएइका बीचमा भइरहेको खेलको नतिजा जे आए पनि हङकङले सिधै फाइनलको टिकट पाइसकेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्