माओवादीको बैठक आज पनि बस्दै



सैघाली खबर
साउन ४


माओवादीको बैठक आज पनि कस्दैछ । स्थानिय तह चुनावको समिक्षा गर्न बसेको बैठकमा पार्टीको भावी कार्यदिशा, संगठन सञ्चालनका विषयमा पनि छलफल भइरहेको छ । बैठकमा जिल्ला इन्चार्जहरुले भनाई राखिरहेका छन् । हिजो २५ जिल्ला इन्चार्जले मात्रै बोल्ने क्रम सकिएकाले सबैको पालो सकिएपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने पार्टी नेताहरुले बताएका छन् । चुनावमा हारको कारण खोजीमै बैठक केन्द्रित भएको छ । जिल्ला र गाउसम्मै विस्तार भएको गुटबन्दीका कारणले पार्टीले अनपेक्षित पराजय बेहोरेको सबैतिरको रिपोर्टिङमा आएको छ । आजको बैठक बिहान ११ बजेपछि बोलाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्