घोराही सिमेन्टद्वारा उत्पादीत सगरमाथा सिमेन्टको भबिष्य छैन-बर्दिया प्रजिअ कुरुम्बाङ्ग



बर्दिया प्रजिअ कुरुम्बाङ्गले भने- बर्दियाको स्याम्पलमा गुणस्तरहिन हो, दाङमा अर्को कारखानाबाट ल्याइयको क्लिङ्करले बनाइयको सगरमाथा सिमेन्टमा पनि जस्ट पास भयको छ कुरुम्बाङ्गले थपे – घोराही सिमेन्टद्वारा उत्पादीत सगरमाथा सिमेन्टको भबिष्य छैन, यसको चुन ढुङ्गामै समस्या छ, आफनै क्लिङ्करबाट उत्पादित सिमेन्टमा समस्या छ घोराही, भदौ २१ । बर्दिया प्रमुख जिल्ला अधिकारि रामबहादुर कुरुम्बाङ्गले घोराही सिमेन्टको भबिष्य नरहेको बताएका छन । उनले घोराहि सिमेन्टको बारेमा दाङ प्रशासनले बर्दिया प्रशासनलाइ पठाएको पत्र आएको जानकारी दिदै बर्दियामा भेटिएको गुणस्तरहिन सिमेन्ट दाङमा पुगेर मापदण्ड अनुसार ठिक भयको कुरा कहा, कसरि, के- के भयो भन्ने कुरा सबैले स्पष्ट बुझेको पनि बताए । घोराहि सिमेन्टको चुन ढुङ्गा नै ठिक नभयको भन्दै यो सिमेन्ट उद्याेगको भबिष्य नरहेको उनले बताएका हुन । बर्दियामा लिइएको स्याम्पल र दाङमा लिइएको स्याम्पल नै फरक रहेको भन्ने कुरा नापतौल बिभागले भनिसकेको भन्दै जनताले बर्दियामा लिइएको त्यो लटको स्याम्पलको नतिजा खोजेको भयता पनि घोराही सिमेन्टले नजिकको अर्को सिमेन्ट कारखानाबाट क्लिङ्कर ल्याएर उत्पादन गरेर सुधार गरिएको स्याम्पल भयको र त्यो पनि बल्ल बल्ल जस्ट पासमात्र भयको बताए । उनले घोराही सिमेन्टले आफ्नै क्लिङ्कर प्रयोग गरेर उत्पादन गर्ने सिमेन्टमा समस्या देखिने दाबी गर्दै बर्दियामा घोराहि सिमेन्टद्वारा उत्पादित सगरमाथाको ओपिसि र पिपिसि सिमेन्टसहित अन्य कम्पनिको उत्पादीत सिमेन्टको छड्के अनुगमन जारी रहने पनि जानकारि दिए । उनले भने- बर्दिया र दाङको स्याम्पलमै समस्या रहेको कुरा बाहीर सन्चार माध्यममा आइसक्यो, उपभोक्ता सचेत हुनुहुन्छ, गुणस्तरमा उपभोक्ताले ख्याल गर्नु पर्छ, घोराही सिमेन्टको परिक्षण सुधारियको, त्यहि पनि आफ्नो क्लिङ्कर नभइ अर्काको क्लिङ्कर ल्यायर सुधार गरि उत्पादन गरियको सिमेन्टमा सगरमाथा सिमेन्ट जस्ट पास भयको मात्रै हो, १०० मा ३२ हो ल्यायको ,  यसको आफ्नै क्लिङ्करमा उत्पादीत सिमेन्ट ठिक छैन भन्ने कुरा बिभागले प्रमाणित गरिसकेको छ, त्यसैले घोराही सिमेन्टको चुनढुङ्गाको समस्याका कारण यसको भबिष्य छैन भन्न सकिन्छ।

 

जागरण अनलाइन बाट साभार

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्