राजश्वका निलम्बित महानिर्देशक शर्माविरुद्धको मुद्दामा सुनुवाइ आज



सैघाली खबर

साउन ४

 

सर्वोच्च अदालतमा आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको रिटमाथि आज पनि सुनुवाइ हुनेछ । सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दाको सुनुवाइ आजका लागि राखेको हो । न्यायाधीश चोलेन्द्रशमशेर राणा र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले शर्माको बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनुवाइ नसकिएपछि अदालतले ‘हेर्दाहेर्दैमा’ राखी सुनुवाइका लागि भोलि तय गरेको अदालतका प्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो । शर्माका श्रीमती कल्पना उप्रेतीले विशेष अदालतलाई विपक्षी बनाई गत असार २७ गते गैरकानुनी रूपमा थुनामा राखेको भन्दै रिहाइको माग गरी बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो । शर्मालाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएपछि अहिले थुनामा राखिएको छ । शर्माविरुद्ध एनसेलको स्वामित्व बिक्री हुँदा पुँजीगत लाभकर नउठाई एनसेललाई उन्मुक्ति दिएको, २१ अर्ब बराबरको रकम कर मिनाहा गर्न भूमिका खेलेकोलगायत आरोप लागेको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्