मोटरसाइकल वर्कसप बाट मासिक ३० देखी ४० हजार सम्म कमाउन सकिन्छः लालु सिद्धिकी



बिष्णुकमार देवकोटा
दाङ भदौ २१

लालु मोटरसाइकल वर्क सप घोराहीका संचालक लालु सिद्धिकि (लालु मिस्त्री) ले वर्क सप बाट मासिक करीब ३० देखी ४० हजार रुपैयाँ सम्म आम्दानी गर्न सकिने बताउनुभएको छ ।
सैघाली खबर डटकम तथा सैघाली अनलाइन टिभीका लागि टक शो कार्यक्रम अन्तर्गत प्राबिधिक बहसमा सिद्धिकीले यस्थतो बताउनुभएको हो ।
बिगत २० बर्ष देखी घोराही विपी चोकमा वर्क सप संचालन गरीरहनुभएका सिद्धिकी ले २०० भन्दा बढी लाई रोजगारी दिएइरहनुभएको छ ।
कुनै बेला घरानीया, व्यापारी तथा सरकारी कर्मचारीहरुको पहुँचमा मात्र मोटरसाइकल रहेका बेला देखी वर्क सप संचालन गरीरहुभएका सिद्धिकीले वर्क सपमा मोटरसाइकल मर्मत गर्न दिंदा सेवाग्राही समेत सचेत रहनुपर्ने बताउनुभयो । “ परफेक्ट मिस्त्रिलाई मात्र गाडि र्मतका लागि दिनुपर्छ” सिद्धिकीले भन्नु भयो ।
सवारी साधन लाई बिस्तारै हाँकेमा, समय समयमा मर्मत गरेमा इन्जिनको आयु बढ्ने सिद्धिकीको तर्क छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्