स्वागत तथा तीज विशेष कार्यक्रम सम्पन्न



रोम थापा मगर ,
घोराही २२ भाद्र।
पद्मोदय पब्लिक नमुना उच्च माध्यामिक विद्यालय भरतपुरमा कक्षा एघारलाई स्वागत तथा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ ।

नवराज गौतमको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । शिक्षक , अभिभावग संघका अध्यक्ष विश्वराज आचार्य को प्रमुख आतिथ्यता एवम पद्मोदय पब्लिक नमुना उच्च माध्यामिक विद्यालयका प्रध्यानाध्यापक डा। कृष्णराज डि।सीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सहायक प्रध्यानाध्यापक लोक बहादुर वस्नेत , व्यवस्थापन संकायका संयोजक निश्चल आचार्य , शिक्षा संकाय प्रमुख शरद कुमार आचार्य , शिक्षक प्रतिनिधि दृविदत्त शर्मा ,शिक्षक प्रकाश देवकोटा लगायतले मन्तव्य राख्नुभएको थियो ।

 

कार्यक्रममा बोल्नेहरुले विद्यालय एउटा विद्याको मन्दिर भएको हुनाले अनुशासनमा रहनु र सधै विद्यालयको प्रगति उच्च रहने तथा तीजको सबैलाई शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा शिक्षक तथा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहभागीता रहेको थियो । शिक्षक, विद्यार्थी समन्वय समितीका सहसचिव जनक वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरन शिक्षक, विद्यार्थी समन्वय समितीका सचिव सुर्य विश्वकर्माले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्