स्थानिय तह संचार मैत्री बन्न सके नागरिकहरुले प्रभाबकारी सेवा लिन सक्ने



सुशिल बस्नेत
दाङ,४ साउन। स्थानिय तह संचार मैत्री बन्न सके नागरिकहरुले प्रभाबकारी सेवा लिन सक्ने आज बुधबार तुलसीपुरमा आयोजना गरिएको कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । रेडियो तुलसीपुरले विकासका लागि सञ्चार स्थानिय विकास तथा सुशासनमा रेडियोको भूमिका र दिगोपनामा सरोकारवालासँगको अन्तरक्रियामा बोल्ने बक्ताहरुले आफुले पाउने सेवा र सुबिधाका बारेमा सजिलैगरि घर सम्म जानकारी लिने एक माध्यम सञ्चार भएको बताए ।

त्यसका लागि स्थानिय तह सञ्चार मैत्री हुनुपर्ने जोड दिए । यदि सञ्चार मैत्री स्थानिय तह भएमा बिगतमा झै सेवा लिन नागरिकहरुलाई पहुँच र टाठाबाठाको सहयोग लिनु पर्ने अबस्था सृजना हुने बताएका छन् । सो अबसरमा दलितअधिकारकर्मी निर्मल नेपाली,जोगेन्द्र बिश्वकर्मा, लिला पुन,टोपबहादुर महतरा,पोषणराज शर्मा,डम्वर गौतम,गोमा वली, केशरबहादुर बस्नेत, देवा डाँगी, निर्मला योगी,नारायणी रजौरे, शरद रेग्मी,निरला गैरे,गोपाल शर्मा भट्राई,गोर्कण पौड्ेल लगायतले सञ्चार मैत्री स्थानिय तह हुनुपर्नेमा जोड दिनुभयो ।

त्यसअबसरमा तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले सञ्चार मैत्री स्थानिय तह बनाउने प्रतिबद्धता जनाउनुभयो ।
उहाले आम नागरिकलाई स्थानिय तहबाट प्रबाह गरिने सेवा सुबिधा र अबसरलाई नागरिकको घरदैलोमा सहज रुपमा पुग्ने वातावरण बनाईने बताउनुभयो ।

त्यसैगरि शान्तिनगरगाँउपालिका अध्यक्ष कमानसिहं डाँगी, शान्तिनगर गाँउपालिकाका वडा अध्यक्ष रबी बुढाथोकी, तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ का सदस्य सुरेश श्रेष्ठ लगायतका जनप्रतिनिधिहरुले विकास निर्माण र बिपन्न वर्गलाई माथि उठाई आर्थिक सम्बृद्धि गर्न सञ्चार माध्यमको अहम भूमिका हुने बताउनुभयो ।

कार्यक्रममा एक्वाईल एक्सेसका बिनय गुरागाईले रेडियोहरुको अन्तराष्ट्रिय मापदण्डको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो भने रेडियो तुलसीपुरका स्टेशन मैनेजर अर्जुन गिरीले सहजीकरण गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्