बागमति नदीमा बेपत्ता युवककाे शव फेला



काठमाडाैं । पौड़ी खेल्ने क्रममा बागमती नदीमा बेपत्ता भएका सबिन तामाङकाे शव अाज निकालिएकाे छ ।

गत आइतबार गोकर्णेस्वर स्थित बागमती नदीमा बेपत्ता भएका सिन्धुपाल्चोकका २३ वर्षीय सबिन तामाङको शव आज सेनाले बागमती नदीबाट निकालेको हाे ।

सेनाको विशेष उद्वार टोलीले आज बिहान सात बजे शव बाहिर निकालेको महानगरीय प्रहरी प्रभाग गोकर्णेश्वरका सई अर्जुन गिरीले बताए ।

कुशेऔशी मेलाको दिन सबिन बागमतीमा पौड़ी खेल्ने क्रममा बेपत्ता भएका थिए । उनी गोकर्णेश्वर नगरपालिका ९ मा बस्दै अाएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्