प्रियंकासंगको बेड सिनले आयुष्मानलाई केहि असर गर्दैनः प्रमोद/संगिता (भिडियो)



सैघाली खबर, २६ भदौ ।
चलचित्र कथा काठमाण्डौँको गीत र टे«लर सार्वजनिक भएसंगै प्रियंका कार्की र प्रमोद अग्रहरीको क्यारेक्टरप्रति सबैको ध्यान तानीएको छ । लस्ट, लभ र लाईफ गरी तीन वटा कथाबस्तुमा तयार पारिएको चलचित्रको लेखन तथा निर्देशन संगिता श्रेष्ठले गरेकि हुन् । काठमाण्डौँ भित्र रहेका केहि लुकेका, केहि देखिएका र छरपस्ट रुपमा रहेका सम्पुर्ण बिषयबस्तुलाई चलचित्रमा उतार्न खोजिएको श्रेष्ठले बताईन् ।चलचित्रमा प्रियंका कार्की, प्रमोद अग्रहरी, संजोग कोईराला, सन्ध्या केसी, आयुशमान देशराज जोशी र प्रेक्षा अधीकारीको अभिनय देख्न सकिन्छ ।

यस चलचित्रमा तीन जोडीलाई तीन वटा फरक–फरक कथामा देख्न सकिनेछ । तर टे«लर सार्वजनिक भएपछि सबैभन्दा बढी चर्चा प्रियंका र प्रमोदको क्यारेक्टरको छ । प्रमोदको क्यारेक्टरबारे सोध्दा उनि भन्छन्, काठमाण्डौको वास्तविक कथालाई हामिले अभिनय मार्फत बाहिर ल्याउन खोजेका हौ त्यसकारण आत्तिनु पर्दैन । प्रमोद अगाडि थप्छन्, हाम्रो अभिनयलाई नराम्रो भन्ने मात्रै होईन राम्रो भन्नेहरु झन् धेरै हुनुहुन्छ । एकजना दिदीले मलाई भन्नुभयो भाई तपाईको भिडियो मैले २५ पटक हेरे तर कहि नराम्रो भेटाउन सकिन । बधाई पनि भन्नुभयो ।

यसैबिच कथा काठमाण्डौँको टिम यतिबेला देश दौरान अभियानमा छ । आज यो टिम दाङमा रहनेछ । असोज १२ अर्थात सेप्टेम्वर २८ बाट प्रदर्शनमा आउन लागेको चलचित्रको प्रचारप्रसारको लागि चलचित्रको टिम मोफसल यात्रामा रहेको छ । यस चलचित्रका निर्देश तथा लेखक संगिता श्रेष्ठ र नायक प्रमोद अग्रहरीसंग गरिएको कुराकानी हेर्नकोलागि तलको भिडियोमा किल्क गर्नुहोला ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्