मलेसियाका जेलमा २ सय ४ नेपाली, १ सय ६९ घर फिर्तीकेन्द्रमा



काठमाडौं । रोजगारीका लागि मलेसिया पुगेका २ सय ४ जना नेपाली विभिन्न कारणले जेल परेका छन् भने त्यहाका घर फिर्तीकेन्द्रमा १ सय ६९ जना कामदार रहेका छन्। मलेसिया विभिन्न जेल र घर फिर्तीकेन्द्रम ती नेपाली रहको नेपाली दूतावासले जानकारी दिएको छ।

गैरकानूनी रुपमा मलेसिया पुगेका नेपालीले त्यहाँको श्रम बजारमा काम गर्ने भएकाले प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। गैरकानुनी कामदार कानुनी फन्दामा पर्ने गरेको मलेसियास्थित नेपाल दूतावासका कार्यवाहक राजदूत कुमारराज खरेलले बताए।

मलेसियाका विभिन्न जेलमा रहेका धेरैजसो नेपाली अवैधानिक रुपमा बसेर काम गर्दा पक्राउ परेको राजदूत खरेलले जानकारी दिए। साथीभाइ र अर्कोको लहलहैमा लागेर कम्पनी छाडी लुकेर काम गर्दै बसेका धेरै जेल पर्ने र समस्या आइपर्ने उनको भनाई छ।

करार अवधि सकिएपनि अवैधानिक रुपमा बसेर धेरै नेपालीले काम गरिरहेको दूतावासको भनाइ छ।

मलेसियामा करीव एक लाख नेपाली कामदार अवैधानिक नेपाली रहेकोे दूतावासले अनुमान गरेको छ।

जेलमा रहेका र घरफिर्ती केन्द्रमा बसिरहेका नेपाली कामदारलाई जेलबाट छुटाउन अथवा नेपाल फर्काउन आफूहरुले प्रक्रिया मिलाइरहेको कार्यवाहक राजदूत खरेलले जानकारी दिएका छन्।

पछिल्लो समय मलेसिया सरकारले अवैधानिक रुपमा बसेर काम गरीरहेको विदेशी कामदारमाथि धरपकड गर्दै आएको छ।

आप्रवासी कामदारको चाप बढी भएका स्थान बुकित विन्ताङ, कोतराया, जालान पेतालिङ तथा जालान सिलाङलगायतका क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरी धरपकड गर्दै आएको छ। अवैध आप्रवासी कामदारलाई स्वदेश फर्कन दिएको मौका ‘थ्री प्लस वान सरेन्डर प्रोग्राम’मार्फत् आममाफी कार्यक्रममा सहभागी नभएका कामदारमाथि मलेसियाले धरपकड जारी राखेको छ।

गत फेब्रअरी १५ ९३, फागुन०देखि मलेसियाले अवैधानिक रूपमा रहेका विदेशी कामदारलाई स्वदेश फर्कन ‘थ्री प्लस वान सरेन्डर प्रोग्राम’ सञ्चालन गरेको थियो। यो अवधि गत साता मात्र सकिएको छ।

 

  • रमेश भारती, Nepallive

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्