माल्दिभ्ससँग ३–० गोलले पराजित हुँदै सेमिफाइनलबाट बाहिरियो नेपाल



ढाका । साफ साफ च्याम्पियनसिपको सेमिफाइनल खेलमा नेपाल माल्दिभ्ससँग ३–० गोलले पराजित भएको छ । यो सँगै नेपालको फाइनल प्रवेश रोकिएको छ । माल्दिभ्ससँगको पराजयसँगै नेपालले फाइनल पुग्ने ऐतिहासिक मौका गुमाएको हो । नवौं मिनेटमा अक्रम अब्दुल घानीले गरेको फ्रीकिकबाट माल्दिभ्सले अग्रता लिएको थियो । त्यसपछि ८४ औं र ८६ औं मिनेटमा इब्राहिम हसन वाहिदले लगातार गोल गरेपछि नेपालको फाइनल पुग्ने मौका गुमेको हो ।

समूह चरणमा भुटानविरुद्ध ४–० गोल र बलियो बङ्गलादेशविरुद्ध २–० गोल अन्तरले विजयी भएको नेपाली टोली सेमिफाइनल गएको थियो । माल्दिम्भविरुद्ध जित हात पार्दै इतिहास रच्ने दाउमा भएको नेपाल अन्त्यमा माल्दिच्स्सँग हारेर फाइनल खेल्ने ऐतिहाँसिक मौका गुमेको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्