प्रकाण्डलाई पुनः काठमाडौं फर्काइयो



दाङ, २८ भाद्र । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रबक्ता खड्गबहादुर विश्वकर्मालाई आज (बिहीबार) काठमाडौं लगिएको छ । आज बिहान दाङबाट नेपालगंज हुँदै विमानवाट काठमाडौं पठाईएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिएका छन ।
शुक्रबार भोजपुरबाट दाङ ल्याईएका प्रकाण्डलाई सर्वाेच्च अदालतले काठमाडौं झिकाउन पत्र काटेपछि पुनः काठमाडौं पठाईएको उनले बताएका छन । प्रकाण्डको डायरीमा तुलसीपुरको घटनाको बारेमा उल्लेख गरेको भेटिएपछि थप अनुसन्धानका लागि दाङ ल्याईएको थियो ।
प्रकाण्डको बिषयमा थप अनुसन्धानका लागि जिल्ला अदालत दाङले ८ दिन तोकेको थियो । त्यो म्याद नसकिदै सर्वाेच्चले काठमाडौं झिकाउन पत्र काटेको हो । तर अनुसन्धान भने जारी रहने प्रहरी उपरीक्षक शर्माले बताए ।
प्रदेश तथा प्रतिनिधिसभाको चुनाबको बेला कांग्रेसले आयोजना गरेको चुनाबी सभालाई बिथोल्न बम बिस्फोट गरिएको थियो । उक्त बम बिस्फोटमा परि एक म्यादी प्रहरीको मृत्यु भएको र सोही घटनामा म्यादी प्रहरीको हत्या गरेको भनी प्रकाण्डलाई आरोप लागेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्