दाङमा कल गर्ल ! सेक्स र्याकेट संचालन,ग्राहकहरु नेता देखी ठेकेदार सम्म



सैघाली खबर केन्द्रिय व्यूरो टिम
दाङ भदौ २८

दाङको घोराहीमा सेक्स र्याकेट संचालन भइरहेको रहस्योद्घाटन भएको छ । घोराहीमा संचालनमा रहेका करीब आधा दर्जन होटेलहरुमा अबैध रुपमा कल गर्लहरु राखी नियमितरुपमा कल मार्फत गर्लहरु उपलब्ध गराउँदै आएको बताइएको छ ।
केहि दिन अघि दाङको लमही बजार स्थित एक सेकुवा कर्नरमा कल गर्ल बोलाई दुई जना संग यौन सम्बन्ध राख्नुपर्ने प्रस्ताव अस्विकार गर्दा आफुमाथी हातपात भएको कल गर्ल जानिका राव (नाम परीवर्तनले ) बताउनुभयो ।

“पहिला ३५ सयमा एक रातको डिलभयो, एकजनाम संग मात्र सहबास गर्ने कुरा थियो, तर पछि २ जना संग यौन सम्पर्क गर्न भनियो मैले मानिन , अनि म माथी हातपात भयो ” । आफुलाई ललाई फकाई राम्रो काम लगाईदिने बहानामा यौन पेशामा होटेल मलिक्निेले जबर्जस्ति फसाएको रावको भनाई छ । रावका अनुसार करीब १ सयको हाराहारीका घोराहीमा कर्लगर्लहरु रहेको रावले जानकारी दिनुभयो ।

 

होल नाइट स्टेको ग्राहक हेरी ६००० देखी ८००० सम्म लिने गरेको र त्यो मध्ये आधा पैसा यौनकर्मी ले पाउने र आधा होटेल मालिक, दलाल र र्याकेट संचालकहरुले लिने गरेको रावले जानकारी दिनुभयो ।

“हाम्रा ग्राहकहरु पल्लेदार देखी, नेता, पत्रकार, प्रहरी , व्यवसायी, ठेकेदारहरु सम्म हुन्” रावले भनिन् ।
बैकल्पिक पेशा नभएका कारण आफूहरु यो पेशामा संलग्न हुन बाध्य भएको रावले भनिन् ।

“रात भन्नु छैन, दिन भन्नु छैन मालिक र ग्राहकको इच्छा अनुसार जहाँ पनि जानु पर्छ ” रावले भन्नुभयो । ग्राहले बोलाउँदा घोराहीका भिआइपी होटेलहरु देखी तुृलसिपुर, लमही, भालुबाङ्ग, सल्यान सम्म आफुहरु जानेगरेको रावले खुलासा गरीन् ।

दाङमा देह ब्यापारमा संलग्न महिलाहरु १६ बर्षदेखी ३५ बर्ष सम्मका रहेका छन् ।

यसरी देह व्यापार भइरहेको कुरा सबैलाई थाहा छ तर कोहि बोल्दैनन् । स्थानीय सरकारले कुनै सीपमूलक काम का लागि तालिम दिए आफुहरु यो पेशा छोडेर सम्मानीत पेशा अपनाउने रावको भनाई छ ।

घोराहीको मुटुमै धेरै यस्ता देहव्यापार गर्ने होटेलहरु संचालनमा रहेका छन् ।

यस बिषयमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक कृष्णहरी शर्मा संग बुझ्दा गैह्र कानुनीरुपमा देह व्यापार भए गरेको पाईए प्रहरीले नछोड्ने चेतावनी दिनुभयो ।

“नेपाल सरकारले अबैध भनेको कार्य कसैले गर्न पाउँदैन, गर्ने र गराउने दुवै लाई छोडिन्न ” शर्माले भन्नुभयो ।

यसरी खुले आम यौन धन्धा हुँदा समेत कुनै निकायहरुबाट रोक टोक तथा अनुगमन नहुँदा समाजमा नकारात्मक असर पर्न सक्ने सरोकारवालाहरुले बताएका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्