निलम्बित एसपी विष्टको डीएनए परिक्षणका लागि नमुना संकलन



काठमाडौँ २८ भदौ — १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुशन्धानमा हेलचेक्र्याइँ गरेको आरोपमा निलम्बनमा परेका एसपी डिल्ली विष्टकै डीएनए परिक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्जका फोरेन्सिक विज्ञ प्राध्यापक डा. हरिहर वस्तीले नमुना संकलन गरेर प्रहरीलाई बुझाएका छन् ।

 

मृतकको योनीबाट लिइएको ‘स्वाब’को डीएनए परिक्षणमा भेटीएको पुरुषको डीएनए अभियुक्तका रुपमा सार्वजनिक गरिएका दीलिपसिंह विष्टसँग नमिलेका कारण उनलाई छाडिएको २ दिनपछि निलम्बित एसपी विष्टको डीएनए परिक्षण गर्न लागिएको हो।

डा। वस्तीले भने, ‘मैले आज बिहान डीएनए परिक्षणका लागि निलम्बित एसपी विष्टबाट नमुना संकलन गरेर प्रहरीलाई बुझाएको छु।’उनीसँगै विष्टका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुको पनि डीएनए परीक्षणका कञ्चनपुरमा नै उनीहरुबाट नमुना लिइएकाे नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेष थापाले जानकारी दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्