साफ महिला च्याम्पियनसीपः नेपाल समूह ‘ए’मा



काठमाडौं । आगामी पुस २ देखि ११ गतेसम्म हुने साफ महिला च्याम्पियनसीप फुटबलमा नेपाल नेपाल समूह ‘ए’ मा परेको छ ।

बङ्गलादेशको ढाकामा बिहीबार सार्वजनिक गरिएको समूह चरणको लक्की ड्रमा नेपालसहित बङ्गलादेश, भुटान र पाकिस्तान समूह ‘ए’ मा परेका हुन् ।

समूह ‘बी’मा भारत, माल्दिभ्स र श्रीलङ्का छन् । भारतमा भएको पछिल्लो संस्करणमा नेपाल सेमिफाइनलमा भारतसँग पराजित हुँदै घर फर्केको थियो । त्यसअघिका संस्करणमा भने नेपाल अन्तिम चरणमा आएर भारतसँग पराजित हुँदै आएको थियो ।

प्रतियोगिताको आयोजक राष्ट्रको टुङ्गो भने अझै लागेको छैन । यसपटक हुने प्रतियोगिताको पाँचौ संस्करण हो । रासस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्