लाइसेन्सको ट्रायलमा पास गराइदिने भन्दै रकम माग्ने ३ जना पक्राउ



सैघाली खबर, २९ भदौ ।

सवारी चालक अनुमति पत्र ट्रायल परीक्षामा पास गराइदिने भनेर रकम मागेको अारोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा काठमाडौं गोठाटार बस्ने काभ्रे तिमाल गाउँपालिका–९ का २१ वर्षीय बिजय लामा, भक्तपुर राधेराधे बस्ने महोत्तरी बर्दीबासका २० वर्षीय अनिल बानिया र काभ्रे घर भइ बौद्ध बस्ने २८ वर्षीय विकास लामा रहेका छन् ।

उनीहरूलार्इ विशेष सुराकीका आधारमा महानगरीय प्रहरी वृत्त, ठिमीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । भक्तपुर मध्यपुर ठिमी नगरपालिका–४ राधेराधे स्थित इगो सजिलो ट्रायल सेन्टरमा अभ्यासको लागि आएका ब्यक्तिहरुसँग उनीहरूले पास गराइदिन्छु भन्दै रकम माग गरेको प्रहरीको भनाइ छ । थप अनुसन्धान जारी छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्