अपांग युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ



पोखरा : कञ्‍चनपुरकी बालिका निर्मला पन्तको घटना तातिरहेको बेला गोरखामा बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन्।

जिल्लाको सिरान्चोक गाउँपालिका-८ जौबारीस्थित ब्याखर्ककी बोल्न नसक्ने, राम्रोसँग हिँड्डुल गर्न नसक्ने अपांग २४ वर्षीया युवतीलाई गत २६ गते बलात्कार गरेको आरोपमा सोही ठाउँका २१ वर्षका सन्तबहादुर परियार पक्राउ परेका हुन्।

पीडितको परिवारले धारापानी प्रहरी चौकीमा उजुरी दिए पनि परियारलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गोरखा ल्याइएको प्रहरीको भनाइ छ। उनीविरुद्ध जबरजस्ती करणीको उद्योगअन्तरगत अनुसन्धान भइरहेको डिएसपी महेन्द्र नेपालले जानकारी दिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्