माओवादी केन्द्रको सचिवालय बैठक अझै लम्बिने



,सैघाली खबर,
काठमाडौं, ५ साउन –। माओवादी केन्द्रको सचिवालय बैठक लम्बिने भएको छ । गएको सोमबारदेखि सुरु बैठमा स्थानीय तहको चुनावको समीक्षा, भावी चुनावी रणनीति र सांगठनिक विषयमा छलफल भैरहेको हो ।
यो बैठक पार्टीको भावी रणनीति तय गर्न महत्वपूर्ण भएको र जिल्ला इन्चार्जले चुनावी परिणाम र हार÷जितका कारणबारे जानकारी दिने क्रम चलिरहलेकोले बैठक अझै १र२ दिन लम्बिन सक्ने प्रवक्ता पम्फा भुषालले बताउनुभयो । उहाँका अनुसार बुधबारसम्ममा ४९ जना जिल्ला इन्चार्जले आफ्नो क्षेत्रमा भएको चुनावको परिणामबारे जानकारी गराएका थिए ।
बिहीबार पनि केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजेपछि बस्ने बैठकमा बिहीबार रिपोर्टिङ गर्न बाँकी जिल्ला इन्चार्जले आफ्नो क्षेत्रमा भएको चुनावको परिणामबारे रिर्पोटिङ गर्ने प्रवक्ता भुषालले जानकारी दिनुभयो । बैठकमा पार्टी भित्र गुटउपगुट बढेको भन्दै आलोचना भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्