सैघाली खबर
,५ साउन, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक २ दिन अघि सारेको छ ।
यसअघि असार ९ गते बस्ने भनिएको बैठक २ दिन अघि सारेर असार ७ गतेलाई निर्धारण गरिएको कांग्रेसले जनाएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठक ७ गते बिहान ८ बजेलाई निर्धारण गरिएको जानकारी दिए ।
समसामयीक राजनीतिक परिस्थितिमा छलफल गरेर छिटो निर्णयमा पुग्नुपर्ने भएकाले बैठक २ दिन अघि सारिएको पौडेलले बताए ।
केन्द्रीय समितिको बैठकमा सरकार सञ्चालन र आगामी चुनावबारे छलफल हुने कांग्रेसले जनाएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।