प्रतिबन्धित नोटसहित भारतीय नागरिक पक्राउ



कञ्चनपुर, १ असोज । प्रतिबन्धित गरिएको भारतीय नोटसहित कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुई खप्टे नालाबाट प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

आइतबार साँझ भारतको पिलिभित ग्राम राजापुरी थाना हजारा बस्ने ५५ वर्षीय सतमान सिंहलाई प्रहरीले भारतीय प्रतिबन्धित गरिएको नोटसहित गोप्य सूचनाका आधारमा पक्राउ गरेको हो ।

पक्राउ परेका भारतीय नागरिक सिंहलाई जाँच गर्दा भारतीय प्रतिबन्धित गरिएको रु ५०० दरको नोट रु दुई लाख बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए ।

पक्राउ परेका सिंहलाई इलाका प्रहरी कार्यालय बेलौरीको हिरासतमा राखी आवश्यक अनुसन्धानको कार्य भइरहेको छ । सिंह नक्कली नोटको कारोवारमा समेत संलग्न रहँदै आएको बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्