बत्ती बाल्ने दिन गन्ती शुरु



नेपालगञ्ज, १ असोज । वर्षौको पखाईपछि बाँकेको राप्तीसोनारी गाउँपालिकाको कुसुममा बिजुली बत्ती बल्ने भएको छ ।

सो कार्यका लागि सवस्टेसनबाट कुसुममा विद्युत् लाइन विस्तारको काम दु्रतगतिमा भइरहेको छ । विसं २०७२ मै सक्नुपर्ने विद्युत् विस्तारको काम ठेकेदारको लापरवाहीले ढिलाइ भएको प्रदेश नं ५ का सांसद कृष्णा केसी नमूनाले बताउनुभयो । अहिले स्थानीय सरकार, प्राधिकरण र प्रदेश सरकारबीचको समन्वयमा विद्युत् विस्तारको काम दु्रतगतिमा अघि बढाइएको उहाँले बताउनुभयो । राप्तीसोनारी गाउँपालिका–१ कुसुम क्षेत्रका नागरिकको घरघरमा बिजुलीबत्ती पु¥याउन अहिले सामुदायिक विद्युतीकरण संस्थाको माध्यमबाट विस्तारको कामलाई तीव्र बनाइएको हो ।

नेपाल विद्युत् प्राधिकरण कोहलपुर वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले हाललाई नौ वटा ट्रान्समिटरबाट कुसुम र आसपासका एक हजार घरधुरीले विद्युत्को उपभोग गर्न पाउने गरी काम भइरहेको बताउनुभयो । कुसुममा दुई हजार ८२५ घरधुरी छन् । ‘लामो समयदेखिको पर्खाइको नतिजा आउने बेला भएको भन्दै सांसद नमूनाले खुशी हुँदै भन्नुभयो,“अब कुसुमवासीको घरघरमा बिजुली बत्ती बाल्ने दिन गन्न शुरु गर्दा हुन्छ ।”
–––

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्