सुतिरहेका व्यक्तिको घाँटी काटेर हत्या



सिरहा – सिरहाको गोलबजार नगरपालिका–३ पुरानो डिहमा एक युवकको खुकुरीले घाँटी काटेर हत्या भएको छ । घरमै श्रीमती र ८ वर्षीय छोरासहित सुतिरहेको अवस्थामा शनिबार राति स्थानीय ३८ वर्षीय हेमबहादुर तामाङको हत्या भएको हो ।

चारैतिरबाट खुल्ला रहेको काठ र खरले छाएको घरमा लामा परिवार सुतिरहेका थिए । हत्याराले तामाङको घाँटीमा तीन पटक खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय गोलबजरले जनाएको छ । खुकुरी प्रहारबाट तामाङको घटनास्थलमै मृत्यु भएको हो । हत्याराले हत्यामा प्रयोग भएको खुकुरी घरनजिकै फालेर गएको प्रहरीले जनाएको छ ।

सामान्य खेती गरेर जीवकोपार्जन गर्दै आएका तामाङलाई कसले किन हत्या गर्यो भन्ने खुल्न सकेको छैन । तामाङको १ छोरा र १ छोरी छन् ।

तामाङको शव पोष्टमार्टमको लागि लहानको रामकुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्